ट्रम्पले गराए ह्वाइट हाउसमा हिन्दु संस्कार अनुशार स्वस्तीवाचन

काठमाडौं : कोरोना महामारीले ७७ हजार मानिसको ज्यान गइसकेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दु धर्मगुरुबाट ह्वाइट हाउसको प्राङ्गणमा बैदिक ‘शान्तिपाठ’ वाचन गराएका छन् ।
अमेरिकाको राष्ट्रिय प्रार्थना दिवसको अवसर पारेर राष्ट्रपति ट्रम्पले न्यूजर्सीस्थित स्वामी नारायण मन्दिरका पूजारी हरिस ब्रह्मभट्टलाई ह्वाइट हाउसमा लगेर मन्त्रोच्चारणसहित शान्तिपाठ गराएका हुन् ।
पूजारी ब्रह्मभट्टले स्वस्तीवाचन गरेको भिडियो अहिले विश्वभर ‘भाइरल’ बनेको छ ।
त्यसक्रममा राष्ट्रपति ट्रम्पले अमेरिका भगवान्मा विश्वास गर्ने भएकाले बैदिक मन्त्रोच्चारणबाट संकटमोचनका लागि शक्ति प्राप्त हुने विश्वास व्यक्त गरे । पत्रपत्रिका तथा अनलाईनबाट
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…