एक महिना अगाडि बुबा गुमाएका कलाकार घनश्याम रिजालले आमा पनि गुमाए ।

आँधीखोला खबर/स्याङ्जा :
कलाकार घनश्याम रिजालले एक महिनाको अन्तरमा वुवा र आमा दुवै जलाई गुमाएकाछन् । लोक गायक रिजालकी आमा तोपकुमारी रिजालको आज उपचारका क्रममा पोखरामा निधन भएको हो । उहाँलाई हृदयघात भए पछि उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । स्याङ्जाको वालिङ् नगरपालिका वडा नं ४ निवासी रिजालको ७२ बर्षको उमेरमा आज दिउसो निधन भएको हो ।
कलाकार रिजालका बुवा खेम नारायण रिजालको एक महिना अगाडि ७८ बर्षको उमेरमा निधन भएको थियो ।
स्वर्गीय रिजालका ३ छोरा र १ छोरी रहेका छन । स्वर्गीय रिजालको आजै पोखरा स्थित रामघाटमा अन्तिम संस्कार गरिएको छ ।
राष्ट्रिय कलाकर रिजालको परिवारमा एक महिनाको अन्तरमा परेको दुई वटा दुखद घटना प्रति धेरै समवेदना प्रकट गरेकाछन् ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…