तरुणदलले भीरकोटमा पनि राख्यो खुट्टाद्धारा सञ्चालन हुने हात धुने मेसिन
आँधीखोला खबर/भीरकोट : नेपाल तरूण दल स्याङ्जाले आज भीरकाेट नगरपालिकाकाे बयरघारी बजारमा रहनेगरी खुट्टाद्वारा सञ्चालन गर्ने हात धुने मेसिन(Automatic Foot Operated Hand Wash System) राखेकाे छ।
यसअघि स्याङ्जाको शहिदचाेक र वालिङ माेडमा समेत उक्त मेसिन राखिसकेकाे तरूण दल स्याङ्जाले जिल्लामा काेराेना बिरूद्दकाे अभियान अन्तरगत उक्त मेसिन भीरकाेटमा पनि राखेकाे हाे।
.
मेसिनकाे उद्घाटन गर्दै भीरकाेट काँग्रेसका सभापति ताेयानाथ अर्यालले सृजनशील कामहरू गर्दै जनताकाे सुखदुःखमा साथ दिने तरूण दलबाट सबैले सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भीरकाेट नगरपालिकाका प्रमुख छाँयाराम खनाल,महाधिवेशन प्रतिनिधीहरू नसिवदिन मियाँ,गाेविन्द कर्माचार्य,भीरकाेट नगरपालिका-१,का वडाध्यक्ष तथा प्रवक्ता दिपेन्द्र के.सी. भीरकाेट-५,का वडाध्यक्ष लक्ष्मण अधिकारी, भीरकाेट-७,का वडाध्यक्ष भीम गुरूङ, तरूण दलका जिल्ला उपाध्यक्ष रबिन के.सी,कुलबहादुर गुरूङ,भूपू सैनिक संघका जिल्ला अध्यक्ष क्षेत्रबहादुर थापा लगायत नेपाली काँग्रेस,तरूण दल,महिला संघ र नेबिसंघका नेता कार्यकर्ताहरूकाे उपस्थिति थियाे।
तरूण दल भीरकाेट नगरपालिकाका अध्यक्ष राजकुमार गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य तरूण दलका क्षेत्रीय सभापति तथा वडाध्यक्ष दिपेन्द्र के.सीले तथा मेसिनकाे बारेमा जानकारी ई.अनुप श्रेष्ठले दिनुभएको थियाे। कार्यक्रमकाे सञ्चालन सचिव प्रविण खाँणले गर्नुभएकाे थियाे।
तरूण दल भीरकाेटकाे पहलमा तथा भीरकाेट नगरपालिकाकाे सहयाेगमा राखिएकाे उक्त मेसिनकाे प्रयाेग नगरबासीहरू मात्र नभई सिद्धार्थ राजमार्ग प्रयाेग गर्ने यात्रुहरूले समेत गर्ने भएकाेले धेरैभन्दा धेरै लाभान्वित हुने विश्वास लिईएकाे छ।
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …