तरकारी आयातमा प्रतिबन्ध लगाएको गल्याङले गर्यो तरकारी पसलको अनुगमन
गल्याङ : बाहिरी जिल्लाबाट तरकारी ल्याउन प्रतिबन्ध लगाएको स्याङ्जाको गल्याङ नगरपालिकाले बजारमा तरकारीको अवस्थाबारे अनुगमन गरेको छ । गल्याङ नगरपालिका ३, गल्याङबजारमा तरकारी आयात तथा विक्रीको अवस्थाबारे अनुगमन गरिएको हो ।
गल्याङ नगरपालिकाले गरेको अनुगमनका क्रममा निर्णय पछि बजारमा बाहिरबाट तरकारी आएको नपाईएको गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले बताउनुभयो ।
गण्डकी प्रदेशको मुख्य नाका राम्दीबाट दक्षिण तर्फ कोरोना संक्रमणको जोखिम बढि भएको भन्दै नगरपालिकाले बाहिरी जिल्लाबाट हरियो तरकारी तथा कुखुुुरा ल्याउन प्रतिबन्ध लगाएको थियो । रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लामा कोरोना संक्रमण बढि भएपछि तरकारी ल्याउन प्रतिबन्ध लगाइएको हो । प्रतिबन्ध पछि पनि गल्याङ नगरपालिका भित्रका विभिन्न ठाउँमा भएको तरकारी उत्पादनका कारण तरकारी विक्रीमा कुनै समस्या नभएको नगरपालिकाले जनाएको छ ।
बजारमा मुल्यमा केही असन्तुलन भएपनि पहिलेको तुलनामा महङ्गी भने नभएको अनुगमनमा संलग्न रहनुभएका गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिब ढकालले जानकारी दिनुभयो । गल्याङ नगरपालिकाले गरेको अनुगमनका क्रममा गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ अर्याल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता थियो ।
कृषिलाई प्राथमिकतामा दिएको गल्याङ नगरपालिकाले नगरपालिकालाई खाद्य वस्तुमा आत्मनिर्भर बनाउने अभियान अन्तरगत योजना सारेको पनि जनाएको छ ।
यसै अनुसार नगरपालिकामा व्यवसायिक कृषि तथा पशुपालन गर्नेहरु बढेसँगै तरकारीमा आत्मनिर्भर पनि हुने देखिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


