स्याङ्जा : बाँझो जग्गामा खेती गरे अनुदान
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै कृषकलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।
खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ कृषकलाई अनुदान दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीका अनुसार गाउँघरमा खेतीयोग्य जमीन बाँझै छन्, युवाहरू रोजगारीको खोजीमा विदेशिएका छन् यसलाई रोक्न पालिकाले अनुदानको निर्ण गरेको हो ।
“बाँझो राख्ने र बिदेशीने परम्पराको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले अनुदानको व्यवस्था गरिएको छ ।” अध्यक्ष सुबेदीले भने, अनुदानले मात्र प्रभाबकारि नहुने भएपछि बाँझो जमीनमा खेती गर्ने कृषकका लागि अनुदान दिने योजाना ल्याएका हौँ ।”
आफ्नै जग्गामा धानखेती गर्ने कृषकलाई दुई रोपनीको चार हजार रुपैयाँ, आफ्नै जग्गामा कोदोखेती गर्नेलाई प्रतिरोपनी दुई हजार रुपैयाँ र भाडामा लिएर धान कोदोखेती गर्नेलाई पाँच हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ ।
मौसमी बेमौसमी तरकारी तथा दलहनखेती गर्नेलाई दुई रोपनी जग्गा बराबर दुई हजार पाँच सय रुपैयाँ अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ । पालिका भित्र झण्डै ४० प्रतिशत भुभाग खेती योग्य जमिन बाँझै भएकाले अनुदान दिने व्यवस्था मिलाईएको हो ।
गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएपछि स्थानीय कृषक उत्साहित भएका छन् । “बाँझो भएको जग्गामा हामीले जसरी पनि खेती गर्नु नै पथ्र्यो ।” स्थानीय कृषक भोजबहादुर थापाले भने, “बाँझो खेतमा खेती लगाएपछि कृषक र गाउँपालिकालाई आत्मनिर्भर बन्दा दुबैलाई फाईदा हुने भयो ।”
बाँझो खेतमा खेति गरुन भनेर गाउँपालिकाले स्थानीय कृषकलाई ५० प्रतिशत अनुदानमा हात ट्याक्टर वितरण समेत गरेको छ । कृषिलाई व्यवसायिक बनाउनका लागि हाते ट्याक्टर र नगद अनुदानको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


