लकडाउनको बेलामा पनि कृषकका घर घरमा शीव शिखरले पुर्यायो हाते ट्याक्टर

आँधीखोला खबर/स्याङ्जा :
कोरोना रोकथामका लागि देशभर लकडाउन चलिरहेको बेला आफ्नै ठाउँमा हाते ट्याक्टर आई पुग्दा स्याङ्जाको भीरकोट ८ का कृषक मन बहादुर सार्की दंग पर्नुभयो, आफ्नै घरमा सहुलियत दरको हाते ट्याक्टर आई पुगेपछि सार्कीले भन्नुभयो,मैले त सोचेकै थिईन यस्तो बेलामा ट्याक्टर आउला भनेर, सुन्तला सुपरजोन कार्यक्रम अन्तरगत आफ्नै घरमा ट्याक्टर आईपुगे पछि वालिङ नगरपालिका वडा नम्वर ४ का कृषक ख्यामराज गुरुङ पनि निक्कै उत्साहित् हुनु भयो,कोरोनाले यो पटक सुन्तला उत्पादनमा नराम्रो असर पार्ने उहाँको चिन्ता थियो तर जग्गा खनजोतका लागि बेलैमा ट्याक्टर घरमा नै आई पुगे पछि उहाँ उत्साहित हुनु भएको हो ।
सुन्तला सुपरजोनले ५० प्रतिशत सहुलियतमा हाते ट्याक्टर उपलव्ध गराएको हो । सुपरजोनको साझेदार पोखराको शीव शिखर एग्रो तथा शीव शिखर कृषि सहकारीले समयमा नै हाते ट्याक्टर उपलव्ध गराएपछि स्याङजाका कृषक उत्साहित भएका हुन् ।
कृषकलाई समुहको सिफारिसका आधारमा शीव शिखर मार्फत उनीहरु कै गाउँ गाउँमा ट्याक्टर पुर्याइएको सुपरजोन स्याङजाका अध्यक्ष बोधराज अर्यालले बताउनु भयो । उहाँले भन्नुभयो, बिषम परिस्थितीका कारण प्रयाप्त हाते ट्याटर जिल्लामा नआउने भयो भन्ने चिन्ताले सताएको थियो, तर संस्थाले बेलैमा ल्याई दियो कृषक उत्साहित भएकाछन् ।

.


सुपरजोन अन्तरगत यस पटक जिल्लामा १ सय १५ वटा हाते ट्याक्टर वितरण गरिने अध्यक्ष अर्यालले बताउनु भयो । अहिले सम्म ९५ वटा वितरण गरिएको अर्यालले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक बर्षमा पनि सहुलियत दरमा हाते ट्याक्टर कृषकलाई वितरण गरेको बताउदै अर्यालले भन्नुभयो, साझेदार शीव शिखरले ढुवानी निशुल्क गरिदियो,उही मालको यो पटकमा मुल्यमा पनि सस्तो पर्यो ।
कृषकलाई चलाउने तथा सामान्य मर्मत गर्ने तरिका सिकाई दिए पछि कृषक निक्कै उत्साहित भएको अनुभव सुनाउनु हुन्छ शिव शिखर एग्रोको सेल्स म्यानेजर शंकर आचार्य, उहाँले भन्नुभयो, कृषकको उत्साह देखेपछि हामीले उहाँहरुलाई निरन्तर मर्मत र आवश्यक सहयोग गर्ने बचन समेत दिएका छौं ।
कोरोनाको रोकथामका लागि देशभर लकडाउन चलिरहेको छ । शहर बजारमा रमाई रहेकाहरु यती बेला गाउँगाउमा पुगेकाछन् । कतिपय त आफ्नो पुख्र्याैली थलोमा पुगेर कृषि कर्म समेत गरिहेकाछन् । बैंक बित्तिय संस्था मात्रै होईन राज्यले पनि कृषि क्षेत्रमा ध्यान दिन सकिरहेका छैनन् तर पोखरामा कार्यालय रहेको शिव शिखर एग्रो तथा शीव शिखर कृषि सहकारीले भने कृषकलाई साथ र सहयोग गर्दै आईरहेको जनाएको छ ।
गण्डकी प्रदेशका व्यवशायीक किसान तथा व्यवशायमा लाग्न चाहने व्यक्तिहरुलाई बिभिन्न सहयोग गर्दै आएको क्षेत्रीय प्रवन्धक शुसिल बानियाले जानकारी दिनुभयो ।
साना किसानलाई सहुलियत दरमा हाते ट्याटर उपलव्ध गराईएको जानकारी दिदै उहाँले भन्नुभयो, यदी किसानले तत्काल पुरा रकम बुझाउन नसकेमा ५० प्रतिशतको सहुलियत फाईनाईन्स गर्ने व्यवस्था पनि गरेका छौं ।
संस्थाले साना तथा मझौला कृषकको हकमा पालिका, सहकारी तथा ज्ञान केन्द्रको सिफारिसका आधारमा छुटको व्यवस्था गरिएको जनाएको छ ।
गण्डकी प्रदेशका स्याङ्जा, बाग्लुङ,म्याग्दी, कास्की लगायतका जिल्लामा सरकार तथा बिभिन्न संघ संस्थासँग मिलेर लकडाउनको मारमा परेका कृषकहरुलाई सहयोग गरिरहेको प्रवन्धक बाँनियाले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP