स्याङ्जाका थापाको शव नेपाल ल्याउन नसक्दा,गरियो कोरियामै अन्त्येष्टि
स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ शवदाहगृहमा विद्युतीय माध्यमद्वारा अन्त्येष्टि गरिएको हो । उनी गत वैशाख ३० गते सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
अनुमति रोजगारी प्रणालीमार्फत रोजगारीका सिलसिलामा ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत थापा दोस्रो कार्यकालका लागि कोरिया आएका थिए । उनका परिवारमा आमा र दुई दाजु छन् ।
थापाको कम्पनीमा उनीसहित पाँच नेपाली र तीन चिनियाँ विदेशी कामदारका रुपमा कार्यरत थिए । अहिलेको कोरोनाका कारण विषम परिस्थितिमा उनको शव नेपाल ल्याउन असम्भव देखिएपछि परिवारको सहमतिमा कोरियामा नै अन्तिम दाहसंस्कार गरिएको नेपाल मगर संघ कोरियाका अध्यक्ष सिपी मगरले बताउनुभयो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


