स्याङ्जामा जारी भयो निशेधाज्ञा, उल्लङ्घन गर्नेलाई कडा कारवाही गर्ने प्रशासनको चेतावनी ।
स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्धारा निशेधाज्ञा जारी गरेको छ । कोरोना भाईरस (कोभिड १९) बाट स्याङ्जा जिल्ला समेत उच्च जोखिममा रहेको भन्दै प्रजिअ रामबहादुर कुरुम्वाङले स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) बमोजिम यस जिल्ला भरी निशेधाज्ञा जारी गर्नु भएको हो ।
सुरक्षा समितिको बैठकको निर्णय अनुशार आजबाट लागु हुनेगरी र अर्काे सुचना जारी नभए सम्मका लागि निशेधाज्ञा जारी गरिएको हो ।
निशेधाज्ञा जारी गर्दै निकालिएको सुचनामा भनिएको छ, “विश्वका धेरै मुलुकहरुमा महामारीको रुपमा फैलिइरहेको नोबेल कोरोना भाइरसको संक्रमणबाट स्याङ्जा जिल्ला समेत उच्च जोखिममा रहेको परिप्रेक्ष्यमा सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक प्रवर्धनात्मक कार्यहरु संचालन भई रहेकै छन् । सोही सन्दर्भमा COVID-19 को संभावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलन नदिनका लागि औषधी उपचार, खाद्य वस्तु जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरवाट बाहिर निस्कन, अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सवै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालन नगर्न नगराउन संक्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ (२) र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) बमोजिम यस जिल्ला भरी २०७६/१२/१० गते जारी निषेधाज्ञा जिल्ला सुरक्षा समिति, स्याङजाको आज मिति २०७७/०२/११ गतेको बैठकको निर्णयानुसार अर्को आदेश नभए सम्मका लागि जारी रहनेछ । उक्त आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।”
यो भन्दा अगाडि पनि २ महिनाको लागि निशेधाज्ञा जारी गरिएको थियो ।
.

समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


