स्याङ्जा पनि उच्च जोखिममा रहेको भन्दै प्रशासनद्धारा कडाई गर्न शुरु

आँधीखोला खवर/स्याङ्जा :
नेपालमा एकैदिन धेरै कोरोना संक्रमित फेला परेको भन्दै गृहमन्त्रालयले एक जिल्लाबाट अर्काे जिल्लामा जान प्रतिबन्ध लगाएसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पनि कडाई गर्न शुरु गरेको छ ।
छिमेकी जिल्ला रुपन्देही तथा कपिलवस्तुसँग व्यापार तथा अन्य क्रियाकलापसँग अत्यन्तै नजिक रहेको स्याङ्जा पनि उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनु भयो । रुपन्देही र कपिलबस्तुमा निरन्तर कोरोना संक्रमित फेला परिरहेकाछन् ।
प्रजिअ कुरुम्बाङले सामाजिक सञ्जाल मार्फत स्याङ्जा पनि उच्च जोखिममा रहेको भन्दै गण्डकी प्रदेश बाहिरका ठाँउबाट तरकारी ल्याउनमा बन्द गरिएको जानकारी दिनुभयो । उहाँले बिबाहको लागि पास बन्द गरिएको,आफै क्रिया बस्नेलाई मात्रै पास जारी गरिने तथा बरामीले एम्बुलेन्स मात्रै प्रयोग गर्नु पर्ने स्पष्ट पार्नु भएको छ ।
.
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…