स्याङ्जामा लकडाउनको मौकाछापी कालोबजारी गर्नेहरु पक्राउ
आँधीखोला खबर/स्याङ्जा :
लकडाउनको मौका छोपी खाद्यान्नको कालोबजारी गर्ने तीन जनालाई स्याङ्जाको बिरुवाबाट पक्राउ गरिएको छ ।
विरुवा गाउँपालिका–५ का सोम बहादुर थापा, इन्द्रबिर थापा र राजेन्द्र प्रसाद वाग्लेलाई संकटको बेलामा मौका छोपेर कालोबजारी गरेको पाईएपछि पक्राउ गरिएको प्रशासनले जनाएको छ ।
उनीहरुले दैनिक उपभोग्य सामग्री खाद्यान्न,मदिरा लगायतका सामाग्रीहरु बढी मुल्यमा बेचेको बताईको छ ।
तीनै जनालाई कालो बजार तथा केही सामाजिक अपराध नियन्त्रण ऐन २०३२ अनुसार मुद्दा दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
प्रशासनले लकडाउनको अवस्थामा पनि बजार अनुगमन गरिरहेको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘कहि कतै लकडाउनको मौका छोपेर कालोबजारी गरेको भेटे तत्कालै खवर गर्नुहोला हामी तत्कालै कारवाही गर्छाै ।’
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …