स्याङजामा दुई सवारी साधन एक आपसमा ठोकिए, दुई जना घाईते
आँधीखोला खबर/स्याङजा :
स्याङजामा दुई सरकारी गाडी एक आपसमा ठोकिदा दुई जना घाईते भएकाछन् । स्याङजाको भिरकोट नगरपालिका वडा नम्वर १ रानीरह स्थित सिद्वार्थ राजमार्गमा सडक दुर्घटना भएको हो ।
पोखराबाट भीरकोट बयरघारी तर्फ जादै गरेकोे ना १ झ ३८३ नम्वरको सडक बिभाग पोखराको टोयोटा गाडीले वालिङबाट हेलु तर्फ जादै गरेको ग १ ब १२३ नम्वरको वालिङ मालपोतको सरकारी मोटर साईकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाईकलका चालक पुतली बजार नगरपालिका ११ बगालथोका ३० बर्षीय रमेश अर्याल र वालिङ नगरपालिका वडा नम्वर १ खत्री खोलाकी अन्दाजी ५/६ बर्षीय सिमा रेग्मी घाईते हुनु भएको हो ।
उनीहरु दुबै जनाको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भईरहेको छ । उनीहरुको खुट्टा, हात तथा अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


