सुन्तला जोन स्याङ्जाद्धारा ५० प्रतिशत अनुदानमा भीरकोटका कृषकलाई हाते ट्याक्टर प्रदान
चुत्र महत/भीरकोट :
प्रधानमन्त्री कृषी आधुनीकीकरण सुन्तला सुपर जोन स्याङ्जाले भीरकोटमा रहेका सुन्तला उत्पादन गर्ने कृषक समुहलाई ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्याक्टर प्रदान गरेको छ ।
हाते ट्याक्टर प्रदान गर्दै नगर प्रमुख छायाराम खनालले साधन पाएर घर लगेर सहि सदुपयोग नगर्ने हो भने ट्याक्टर लानुको कुनै अर्थ नहुने भन्दै राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धी ल्याउन आग्रह गर्नुभयो ।
नगरप्रमुख खनालले आर्थिक उपार्जन तर्फ लाग्न कृषकलाई आग्रह समेत गर्नुभयो । उहाँले केही दिनमा नगरपालिकाले महत्वपूर्ण निर्णय गरी हरेक वाँझा खेतवारी लाई जुन माटोमा जे वढी उत्पादन हुन्छ त्यही खेती गर्ने रणनिति तयार गरी लागू गर्ने योजना रहेकाले हाते ट्याक्टर वहुउपयोगी हुने स्पष्ट पार्नुभयो ।
.

प्रधानमन्त्री कृषी आधुनीकीकरण सुन्तला सुपर जोन अन्र्तगत भीरकोट नगरपालिकाका ५ वटा वडा पर्दछन । जस मध्ये हाते ट्याक्टर पाउनेमा वडा न ७ मा ७ सुन्तला कृषक समुहलाई ७ वटा,वडा न ८ मा ३ समुहलाई १ वटा,वडा न १ मा ३ समुहलाई ३ वटा,वडा न २ मा २ समुहलाई २ वटा र वडा न ३ को १ समुहलाई १ वटा गरी १४ वटा आधुनीक ७ हर्ज पावरको १ वटालाई ३३ हजार पर्ने हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा कृर्षकलाई प्रदान गरीएको सुन्तला जोन स्याङ्जाका सह सचिव तारा अर्यालले वताउनु भयो । शिव शिखर एग्रो प्रालीवाट खरिद गरी ल्याइएको आधुनीक हाते ट्याक्टर सुन्तला वगैचालाई व्यवस्थापन गर्नको लागी साह्रै सहज र हल्का रहेको भन्दै अर्यालले स्याङ्जा जिल्ला भरी सुन्तला सुपर जोनमा परेका पालिकाका वडाहरुमा ९५ वटा हाते ट्याक्टर वितरण गर्ने योजना रहेको वताउनु भयो ।
प्रधानमन्त्री कृषी आधुनीकीकरण सुन्तला सुपर जोन स्याङ्जाका अध्यक्ष वोदराज अर्याललको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुन्तला सुपर जोनका सह सचिव तारा प्रसाद अर्यालले गर्नु भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष ,प्राविधिक र कृषकहरुको सहभागीता रहेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


