शिखरदिपद्वारा मिनि टिलर बितरण
गुल्मी : शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले गुल्मीमा रहेको आलु पकेट क्षेत्रकालागि मिनि टिलर ( हाते ट्रयाक्टर ) बितरण गरेको छ । संस्थाले शिखर दिप एग्रो प्रालि बुटवलसंगको सहकार्यमा मिनि टिलर बितरण गरेको हो । संस्थाले जेठ १३ गते गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको वोहा अद्याह मनवाकको आलु पकेट क्षेत्र संचालक समितिलाई एभरेष्ट ब्राण्डको मिनि टिलर बितरण गरेको जनाएको छ ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा पनि सहुलियत दरमा कृषकलाई हाते ट्रयाक्टर वितरण गरेको थियो । कृषकलाई चलाउन र मर्मत गर्ने तरिका समेत सिकाई दिएपछि कृषक निक्कै उत्साहित भएको संस्थाका मुख्य प्रवन्धक लिला गौतमले बताउनु भयो । उहाँले कृषकको उत्साह देखेपछि निरन्तर मर्मत र आवश्यक सहयोग पनि गर्ने गरेको गौतमको भनाइ छ ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


