शिखरदिपद्वारा मिनि टिलर बितरण

गुल्मी : शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले गुल्मीमा रहेको आलु पकेट क्षेत्रकालागि मिनि टिलर ( हाते ट्रयाक्टर ) बितरण गरेको छ । संस्थाले शिखर दिप एग्रो प्रालि बुटवलसंगको सहकार्यमा मिनि टिलर बितरण गरेको हो । संस्थाले जेठ १३ गते गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको वोहा अद्याह मनवाकको आलु पकेट क्षेत्र संचालक समितिलाई एभरेष्ट ब्राण्डको मिनि टिलर बितरण गरेको जनाएको छ ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा पनि सहुलियत दरमा कृषकलाई हाते ट्रयाक्टर वितरण गरेको थियो । कृषकलाई चलाउन र मर्मत गर्ने तरिका समेत सिकाई दिएपछि कृषक निक्कै उत्साहित भएको संस्थाका मुख्य प्रवन्धक लिला गौतमले बताउनु भयो । उहाँले कृषकको उत्साह देखेपछि निरन्तर मर्मत र आवश्यक सहयोग पनि गर्ने गरेको गौतमको भनाइ छ ।
.

समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…