चापाकोटका मेयर शिब गिरीकोे स्वास्थ्यमा सुधार
आँधीखोला खबर :
चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीको स्वास्थ्यमा सुधार भएको छ । काठमाण्डौंको ग्राण्डी हस्पिटलमा उपचाररत प्रमुख गिरीको स्वास्थ्य अवस्थामा राम्रो सुधार भएको नगरपालिकाका प्रेस संयोजक विश्वप्रकाश भट्टराईले जानकारी दिनुभयो । उहाँलाई आज नै उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं लगिएको हो ।
उच्चरक्तचापका बिरामी प्रमुख गिरीको स्वास्थ्यमा बिहान घरमा नै समस्या आएको थियो । बाथरुममा नै अस्वस्थ भएपछि गिरीलाई तत्कालै उपचारका लागि चापाकोट अस्पताल लगिएको थियो ।
चापाकोटमा सामान्य उपचार गरी थप उपचारका लागि नगर प्रमुख गिरीलाई हेलिकप्टरबाट काठमाडौंको लगिएको प्रेस संयोजक भट्टराईले बताउनु भयो । नगर प्रमुख गिरीका बिभिन्न परिक्षणका रिपोर्ट राम्रो आएको बताईएको छ ।
यसैबीच अस्पताल उपचाररत प्रमुख गिरीलाई नेपालीका ंकांग्रेसका केन्द्रिय सदस्य एबं पूर्ब उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र नेकपाका नेता डाक्टर बुद्धिमान् श्रेष्ठले भेट्नु भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


