स्याङ्जा : दाई पर्नेले गरे बहिनीको बलत्कार, सात महिना पछि पेट बढ्यो अनि घटना सार्बजनिक
स्याङ्जा :
स्याङ्जामा आफ्नै दाई पर्नेले बलत्कार गरी पेट बोकाएको भन्दै सात महिना पछि उजुरी परेको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा आफ्नै जेठो बुवाको छोरा नाताले दाजु पर्नेले जवजस्ती पेट बोकाएको भन्दै उजुरी परेको हो । घटना सात महिना पछि सार्बजनिक भएको हो । ३४ बर्षिय दाजु पर्नेले बलत्कार गरी पेट बोकाएको भन्दै १९ बर्षीय युवतीले उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गत मंसिर ३ गते दिउँसोको समयमा घाँस काटन गएको र घाँस काटी सकेपछी तिर्खा लागी जेठो बुबाको छोरा दाई नाता पर्नेको घरमा पानी खान गएको बेला आफू माथि जबजस्ती भएको युवतीको भनाई उल्लेख गर्दै प्रहरीले जनाएको छ ।
महिनाबारी पहिले पहिले पनि केही महिना रोकिने गरेको तर अहिले पेट पनि बढे पछि बल्ल आफू गर्भवती भएको थाहा पाएको बताईएको छ ।
दाजु पर्ने उक्त पुरुषलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान गरीरहेको स्याङजाका प्रहरी प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिनुभयो ।
घटनाको बिबरण यस्तो छ :
मिति २०७६।०८।०३ गते दिउँसो घाँस काटन गएकी थिएं, घाँस काटी सकेपछी तिर्खा लागी मेरो जेठो बुबाको छोरा दाई नाता पर्ने बर्ष ३४ को घरमा पानी खान गएकी थिएँ, पानी खान जाँदा निज दाई नाता पर्नेले मलाई समाती गालामा चुम्बन खाने, स्तन छुने छाम्ने गरी एक्कासी घर भित्र रहेको खाट माथि लगी मलाई पल्टाई बोल्न चल्न नदिई जबरजस्ती मैले लगाएको अलादिन सुरवाल र कट्टु खोलिदिई मैले नमान्दा नमान्दै निजले आफुले लगाएको शरीरको तल्लो भागको कपडा खोली उत्तेजित लिङ्ग मेरो योनीमा प्रवेश गराई मलाई जवरजस्ती करणी गरी बीर्य योनी भित्रै स्खलन गराई यो कुरा कोही कसैलाई नभन्नु भनी छोडे, ततपश्चात म घाँस लिई घरमा आएं र सो कुरा मैले कोही कसैलाई बताएकी थिईन , मेरो रजश्वला रोकियो पहिले पहिले पनि समयमा रजश्वला नहुने १-२ महिना रोकिने हुँदा पछि हुन्छ होला भन्ने लागेको थियो, ६-७ महिना सम्म समेत रजश्वला रोकिएको र मेरो पेट बढ्दै गएकाले मलाई नीजले जवरजस्ती करणी गरेकोमा सोही जवरजस्ती करणीबाट मेरो पेटमा गर्भ बसेको रहेछ, मलाई जवरजस्ती करणी गरी गर्भवती बनाउने दाई नाता पर्ने ……लाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको पीडित …. बर्ष १९ की ……. ले मिति २०७७।०२।१३ मा उजुरी दिएकाे ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…