रामपुर नगर उपप्रमुखद्धारा महिला पत्रकारलाई जोखिम कम गर्न सुरक्षा सामाग्री प्रदान

सीता डोटेल/पाल्पा,रामपुर : पाल्पाको रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले रामपुर नगरपालिकामा रहेर बिभिन्न मिडियामा काम गर्ने पत्रकारलाई कोरोना संक्रमण जोखिम कम गर्न विभिन्न स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । रामपुर नगरपालिकालाई कर्मथलो बनाएर विभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई मास्क, ग्लोब्स, सेनिटाइजर सहित डायरी र पेन प्रदान गर्नुभयो । जुन सुकै बेला समाजमा खटिने पत्रकार पनि जोखिममा रहने हुँदा पुर्णतया सतर्क भएर समाचार संकलन गर्नुपर्ने बताउदै उपप्रमुख आचार्यले रेडियो, पत्रपत्रिका र अनलाइनमा काम गर्दै आएका महिला पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नुभएको हो । सानो सहयोग प्रयाप्त छैन, यतिले मात्र पुग्दैन आफु चनाखो भएर काम हर्नुपर्ने अबस्था छ आचार्यले भन्नुभयो । नगरपालिकाका सल्लाहकार देबराज ढकालले महिला पत्रकारलाई नगर उपप्रमुखले गरेको समयानुकूल कार्य निकै प्रशंसा मुलक भएको बताउनुभयो ।

“प्रहरी खटाएर मैदानमा जान्छ, तर पत्रकार आफै जान्छ” ढकालले भन्नुभयो- चुनौती भएपनी समाजलाई सुसूचित गराउन खट्ने पत्रकारको भुमिका महत्वपूर्ण छ ।” नगरपालिकाका कार्यपालिका सदस्य साबित्रा गौतमले पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बिदेश तथा बाहिरबाट आएकाहरु संगै चेकजाच,अबस्था अबलोकन,मुल्यांकन र राहत बितरण लगायत गतिबिधिमा सम्लग्न हुने भएकाले नगर उपप्रमुखले सरेको सहयोगले पत्रकारलाई थप हौसला मिल्ने बताउनुभयो । नगरपालिका स्वास्थ्यकर्मी गिरिराज घिमिरेले स्वागत गर्दै स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य सस्था खोलेर काम गरिरहेका छन्, पत्रकार अहोरात्र खटिएर रिपोर्टिङ गरिरहेका छन्,यसको समेत कदर गरि नगर उपप्रमुखले सहयोग गर्नुभएको बताउनुभयो ।

उहाले कोरोना कहरको संबेदनसिल अबस्थामा पत्रकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मीले जाग्ने हो सबै समेटेर अगाडि बढ्ने प्रयत्नमा लागेको र फिल्डमा खटिने नगरका सबै महिला पत्रकारलाई समेटेको बताउनुभयो । पत्रकार रमा भण्डारीले पत्रकार कोरोना संक्रमण न्यूनीकरण, रोकथाम, यसले पारेको प्रभाब र असर साथै राहत बितरणमा गाउँघरमा पुग्दा जोकिम छ नै यसलाई मध्यनजर गर्दै नगर उपप्रमुखले चालेको कदमको प्रशंसा गर्नुभयो । महिला तथा बालबालिका कार्यालयका सहायक महिला विकास निरीक्षक पुजा परियारको संचालनमा कार्यक्रम भएको हो ।

नर्सिङ दिवसको अवसरमा नेविसंघद्वारा स्वास्थ्य सामाग्री बितरण

अन्तर्राष्ट्रिय नर्सिङ् दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ पाल्पाले स्वास्थ्य सामाग्री बितरण गरेको छ । विश्वभर कोरोना संक्रमण फैलिएको बेला काेराेना बिरूद्वकाे संघर्षमा अग्रमाेर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने मास्क र ग्लोब्स वितरण गरेेेेेकाे हाे । नेपाल विद्यार्थी संघ पाल्पाले आज अन्तर्राष्ट्रिय नर्सिङ् दिवसको अवसर पारेर पाल्पाका तीन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामाग्री बितरण गरिएकाे संघले जनाएको छ। पाल्पा अस्पताल, लुम्विनी मेडिकल कलेज र मिसन अस्पताललाई संघले मास्क र ग्लोब्स वितरण गरेको जनाएको छ । बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति तथा प्रदेश सभा सदस्य वीर बहादुर रानाले वर्तमान समयमा आतंक फैलाएको कोरोना भाइरस विरुद्ध विश्वभरका सम्पुर्ण नर्सहरु एक जुट भै छिटै परास्त पार्न सकुन भनि काममा गरे ।

.

नेविसंघ जिल्ला अध्यक्ष सुरेश बाेहाेराकाे सभापतित्व र नेपाली कांग्रेस पाल्पाका सभापति तथाा प्रदेश सभा सदस्य वीर बहादुर रानाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठकाे विशेष आतिथ्यता रहेको नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस इकाईका अध्यक्ष सुवास गैरेले जानकारी दिए । स्वास्थ्य सामाग्री ग्रहण गर्दै पाल्पा अस्पतालकि नर्सिङ इन्चार्ज लक्ष्मी कार्कि,लुम्बिनी मेडिकल कलेज प्रभासकि नर्सिङ इन्चार्ज ममता काेइरालाले अन्तर्राष्ट्रिय नर्सिङ् दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघले स्वास्थ्य सामाग्री वितरण गरेर दिवसको स्मरण गराएकोमा आभार प्रकट गरेका थिए ।

.

Facebook Comments Box
TOP