भीरकोटमा दोस्रो चरणको राहत वितरण सम्पन्न, सामाजिक सुरक्षा भत्ता लिएर जनताको घरघरमा प्रमुख
चुत्र महत/भीरकोट : विश्व भरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को उच्च सर्तकाताको लागि नेपालमा गरिएको लकडाउन बाट प्रभावित अति बिपन्न परिवरको लागि भिरकोट नगरपलिकाले दोस्रो चरणको राहत वितरण सम्पन्न गरेको छ ।
लकडाउन बाट प्रत्यक्ष रुपमा प्रभावित अति विपन्न,गरिव, असाय र ज्यालादारी गरी साँझ विहानको छाँक टार्दै आएका भीरकोट वासी जनतालाई एक महिना सम्म खाना खान पुग्ने खाद्यान्न सामाग्री सहित भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल टोल संयोजकहरुको साथ अशक्त,असाय र हिडडुल गर्न नस्कने लाभग्राहीलाई घर घरमा पुगी राहत सहित सामाजिक सुरक्षा भत्ता प्रदान गरेका छन् ।
पहिलो चरणमा ८४० जना र दोस्रो चरणमा १४ सय ३९ घरपरिवारलाई राहत सामाग्री वितरण गरी सकिएको नगर प्रवत्ता दिपेन्द्र केसीले जानकारी दिए । २ जना घर परिवार भएको घरमा १० केजी चामल, २ केजी दाल, २ केजि नुन र १ लिटर तेल त्यसैगरी २ जनाको परिवार देखी ५ जना सम्मको परिवारलाई २० केजी चामल,२ केजी दाल,२ केजी नुन र १ लिटर तेल त्यसैगरी ५ जनाको परिवार भन्दा माथीको लाई २५ केजी चामल,२ केजी दाल,२ किलो नुन र १ लिटर तेल राहत स्वरुप एक महिना सम्म खान पुग्ने गरी वितरण गरीएको वताउदै प्रमुख खनालले भीरकोट नगरपालिकाका ९ वटा वाडमा जेष्ठ नागरीक १७२२ जाना,एकल महिला ६० वर्ष माथीका ४४३ जाना,एकल महिला ६० वर्ष मुनिका ६७९ जाना जेष्ठ नागरीक दलित २६५ जाना पूर्ण अपाँग ७६ जाना,आम्सीक अपाँग १०७ गरी ३२५४ जना लाभग्राहीलाई दोस्रो चौमासिकको २ करोड १९ लाख ३३ हजार २ सय ८० रुपैया सामाजिक सुरक्षा भत्ता वितरण गरी सकिएको भन्दै प्रमुख खनालले अशक्त, असाय र हिडडुल गर्न नस्कने वृद्ध वुवा आमालाई उनिहरुकै घर दैलोमा गएर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्य पनि राहत वितरण संगसगै सम्पन्न भएको बताए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


