पठाइदेउ है प्रिय….

सन्देश खनाल :
हावाको बेगसङ्गै तिम्रो मिठो मुस्कान
पठाइदेउ है प्रिय ,
बिहानै सुर्यको किरणसङ्गै तिम्रो न्यानो
माया पठाइदेउ है प्रिय,
सपनिमा हाम्रा रंगिन कल्पनाको
शहरको तस्वीर पठाइदेउ है प्रिय ,
मौसम अनुकुल भएको बेला तिम्रो
याद्को तिर्सना मेटाउन याद नामक बिमान पठाइदेउ है प्रिय ।
खोलाको तरंग जस्तै तिम्रा ती पबित्र
चाहना ढुंगामा हालेर पठाइदेउ है प्रिय,
औसिको रातलाई उज्यालो बनाउने
तिम्रो मुहारको आकृति कोरेर पठाइदेउ है प्रिय,
सुनिरौझै लाग्ने तिम्रो मिठो
आवाज,रेकर्ड गरेर messengerमा पठाएदेउ है प्रिय,
मौसम अनुकुल भएको बेला
तिम्रो याद्को तिर्सना मेटाउन याद नामक बिमान पठाइदेउ है प्रिय ।
जुन जस्तै शितलु तिम्रो छायाँ सधैं
वरिपरि पारिदेउ है प्रिय ,
मलाई प्यास लगेको बेला मायाले तिर्खा मेटाइदेउ है प्रिय,
सिहुँदो रङ्गाउने पैसा नभएको बेला मेरै
रगतले सिहुँदो रङ्गौ है प्रिय ,
मौसम अनुकुल भएको बेला तिम्रो
याद्को तिर्सना मेटाउन याद नामक बिमान पठाइदेउ है प्रिय ।
-वालिङ -४
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…