पठाइदेउ है प्रिय….
सन्देश खनाल :
हावाको बेगसङ्गै तिम्रो मिठो मुस्कान
पठाइदेउ है प्रिय ,
बिहानै सुर्यको किरणसङ्गै तिम्रो न्यानो
माया पठाइदेउ है प्रिय,
सपनिमा हाम्रा रंगिन कल्पनाको
शहरको तस्वीर पठाइदेउ है प्रिय ,
मौसम अनुकुल भएको बेला तिम्रो
याद्को तिर्सना मेटाउन याद नामक बिमान पठाइदेउ है प्रिय ।
खोलाको तरंग जस्तै तिम्रा ती पबित्र
चाहना ढुंगामा हालेर पठाइदेउ है प्रिय,
औसिको रातलाई उज्यालो बनाउने
तिम्रो मुहारको आकृति कोरेर पठाइदेउ है प्रिय,
सुनिरौझै लाग्ने तिम्रो मिठो
आवाज,रेकर्ड गरेर messengerमा पठाएदेउ है प्रिय,
मौसम अनुकुल भएको बेला
तिम्रो याद्को तिर्सना मेटाउन याद नामक बिमान पठाइदेउ है प्रिय ।
जुन जस्तै शितलु तिम्रो छायाँ सधैं
वरिपरि पारिदेउ है प्रिय ,
मलाई प्यास लगेको बेला मायाले तिर्खा मेटाइदेउ है प्रिय,
सिहुँदो रङ्गाउने पैसा नभएको बेला मेरै
रगतले सिहुँदो रङ्गौ है प्रिय ,
मौसम अनुकुल भएको बेला तिम्रो
याद्को तिर्सना मेटाउन याद नामक बिमान पठाइदेउ है प्रिय ।
-वालिङ -४
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


