कोरोनाविरुद्ध एकढिक्का भएर लाग्न राष्ट्रपति भण्डारीको आह्वान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आह्वान गरेकी छन् ।
संघीय संसदको संयुक्त बैठकमा शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सबैलाई एकढिक्का भएर लाग्न आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाल सरकारले चालेको कदममा साथ दिई सहयोग गर्नुभएकोमा सबैमा हार्दिक धन्यवाद प्रदान गर्दछु । संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि सबैलाई आग्रह गर्दछु ।’
राष्ट्रपति भण्डारीले अग्रपंक्तिमा रहेर खटिएकाहरु सबैलाई धन्यवाद दिँदै कोभिड–१९ का कारण मौजुदा स्वास्थ्य सुविधा अपर्याप्त देखिएकाले स्वास्थ्य पूर्वाधार र रोजगारी प्राथमिकता रहेको उल्लेख गरिन् ।
यस महामारीबाट हुने आर्थिक क्षतिको पूर्ति आगामी दिनमा हुनसक्ने भन्दै उनले मानव जातिको संरक्षण सरकारको सर्वोच्च कर्तव्य रहेको बताइन् ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


