कोरोना भाइरसविरुद्धको लडाई लामो र कठिन छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र निकै कठिन रहेको बताउनु भएकाे छ ।
सोमबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त पनि गर्नु भयो ।
लामो समय संक्रमितको संख्या नबढेपनि पछिल्लो समय ह्वात्तै बढिरहेको भन्दै उहाँले भन्नुभयाे- कोरोना भाइरसविरुद्धको लडाई लामो र निकै कठिन छ।
रोग र भोक दुवैले आफ्ना नागरिक अप्ठेरोमा पर्न नदिन सरकार प्रयत्नसिल रहेको उहाँले बताउनु भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताउनु भएकाे छ।
समाचार
थप सामाग्री
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
२ दिन अगाडि
गण्डकी– पोखरा स्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने…