गल्याङ : मकैमा लागेको फौजी किराले किसान चिन्तित, औषधि वितरण गर्ने पालिकाको योजना

स्याङ्जा : गल्याङ नगरपालिका भित्रका कृषकका मकैमा देखिएको फैजी किराले कृषकलाई चिन्तित बनाएको छ । गतवर्ष देखि देखा परेको सरुवा रोग यसबर्ष पनि अधिकांस कृषकको मकै खेतिमा देखापरेको छ ।
पुतलीको माध्यमबाट सजिलै सर्नसक्ने यो रोगको प्रकोप बढेसंगै यहाँका कृषक बिषादि छर्नमा ब्यस्त भएका छन् । यति धेरै दुख गरेर लगाएको खेतीनै किराले नष्टगर्न थालेपछि औसधि छर्न थालेको गल्याङ नगरपालिका तीनका माधव भण्डारीले बताउनुभयो । औसधिको अभाव हुँदा पुरै मकैमा छर्न नपाएको उहाँको गुनासो थियो । त्यसै तीन नम्बर वडाकै अर्का कृषक श्यामसुन्दर बस्यालले पनि यस्तै रोग फैलिदै गए खेती घर भित्र्याउन नपाउने भन्दै मकैमा औसधि छरेको बताउनुभयो । करिब आठ रोपनी जग्गामा भएको मकै खेतिमा सबैमा देखिएको हुँदा बाध्यभएर यस्तो गर्नुपरेको उहाँको भनाइ थियो । औसधि छर्केको दुई दिनसम्म पनि रोग निवारण नहुदा चिन्ता बढेको अर्का कृषक विष्णु बस्यालको भनाइ छ ।
उक्त किराले पहिलो चरणमा पात खाने र दोस्रो चरणमा गुभो खाएर मकै नष्ट पार्ने भएको हुँदा बेलैमा सजक हुन कृषकलाई गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख शिब ढकालको सुझाव छ । एक मकैबाट अर्को मकैमा सजिलै सर्ने हुँदा सुरु हुन साथ यसको रोकथाम तिर लाग्न उहाँको सुझाव छ । किरा लाग्न साथ एक दुई बोटमा मात्रै भए हातले मिचेर निवारण गर्न सकिने र अलि बढी भए खरानी र बालुवा मिलाएर गुभामा छर्ने र त्यो भन्दा धेरै भए निम जन्य बिषादी प्रयोग गरेर निवारण गर्न सकिने छ अन्तिममा रासायनिक बिषादि प्रयोग गरेर भएपनि यसको निवारण गर्नुपर्ने ढकालको सुझाव छ ।
गतबर्ष गल्याङ नगरपालिकाको बेलचौर ,जिमुवा,टेक्रे लगायतका ठाउँमा करिब ३४,४० रोपनीमा देखा परि नियन्त्रण गरिएको र यस बर्ष पालिका धेरै ठाउँमा देखा परेको उहाँको भनाइ थियो । रातिमा सक्रिय हुने यो किरा सबै सिजनमा हुने मकैमा देखा पर्ने ढकालले जानकारी दिनुभयो । हाल लकडाउनको समय भएको हुँदा बजारमा प्राप्त औसधि नभएपनी दुई तीन भित्रमा सबै क्षेत्रमा फौजी किरा निवारणको लागि औसधि पुर्याउने लक्ष्य लिएको प्रमुख ढकालले जानकारी दिनुभयो ।प्रतिक्रिया दिनुहोस्
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…