समाचार प्रभाव : गण्डकी र ५ नम्वर प्रदेशको सिमा नाकामा कार्यरत कर्मचारीको पिसिआर टेष्ट

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
स्याङ्जा प्रवेश गर्ने नाकामा काम गरिरहेका कर्मचारी कोरोना भाईरसको जोखिम मोल्न बाध्य भन्ने समाचार आँधीखोला खबरले प्रकाशित गरेपछि जिल्ला सुरक्षा समितिले चासो देखाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ् सहितको सुरक्षा टोली सिमा नाका पुगेर कर्मचारीका समस्या र उनीहरुको कोरोना भाइरसको पिसिआर टेष्ट लिएर प्रयोगशाला पठाइएको हो । कोरोना भाईरसलाई थप फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको आज ५४ औं दिन पुगेको छ ।
यो अबधीमा जिल्ला प्रवेश गर्ने नाकामा काम गर्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी जोखिममा हुन सक्ने समाचार आँधीखोला खबरले प्रकाशित गरेको थियो । समाचारले कर्मचारीको स्वास्थ्य सुरक्षाको चासोको बिषय उठाएपछि प्रमुख जिल्ला अधिकारी सहित सबै भन्दा जोखिम मानिएको गण्डकी प्रदेश र ५ नम्वर प्रदेशको सिमा नाका राम्दी पुगेको छ ।
टोलिमा जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख र संचारकर्मीहरुको सहभागिता रहेको थियो । टोलीले त्यहा कार्यरत कर्मचारीको समस्या र उनीहरुको पिसिआर टेष्टका लागि स्वाव समेत लिएको छ ।
नेपाली सेनाका २, सशस्त्र प्रहरीका २, नेपाल प्रहरीका २, स्वास्थ्यकर्मीका २ र कपिलबस्तुबाट भागेर आएका २ जना गरी १० जनाको स्वाव लिइएको छ । कोरोना संक्रमित क्षेत्रबाट आउने व्याक्तिको स्वास्थ्य अवस्था बुझ्ने गरी नाकामा बसेका कर्मचारीले असुरक्षा भएको समाचार आएपछि टोलीले चासो देखाएको हो ।
लकडाउनको समयमा सबै भन्दा बढी कर्मचारीनै खटिनुपर्ने अवस्था रहेका बेला जिल्ला सुरक्षा समितिले कर्मचारीको सुरक्षा प्रति चासो देखाउनुले कर्मचारीको मनोवल उच्च हुने विश्वास लिइएको छ । समाचार आएपछि हाम्रो आँखा खुलेको र यो विपत्तिमा सबैको दायीत्व बराबर हुने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए । कोरोना नियन्त्रणका लागि कामै नगरेको भने होइन प्रजिअ कुरुम्बाङ्ले भने,“कर्मचारीहरु मात्रै भन्दा पनि सबै जनप्रतिनिधि र स्याङ्जावासीको सहयोग आवश्यक छ ।” जिल्लाका विभिन्न क्षेत्रमा खटिएका सबै कर्मचारीको क्रमश पिसिआर लिईने कुरुम्बाङ्ले भने ।

.

Discuss_about_PCR_test_ramdi
Discuss_about_PCR_test_ramdi


यो माहामारीमा को ठुलो भन्दा पनि सबै एकजुट भएर कोरोना भाइरस सामाना गर्नुपर्ने धारणा प्रजिअ को छ । फिल्ड सबै भन्दा बढी कर्मचारी नै यो लकडाउनमा खटिने भएकाले कर्मचारीको मनोबल उच्च बनाउन जिल्ला सुरक्षा समितिले कुनै कसुर बाँकी नराख्ने दावी उनले गरे । छिमेकी जिल्लामा कोरोना भाईरसको संक्रमण बढ्दो रुपमा देखिन थालेपछि जिल्ला सुरक्षा समितिले समेत सिमा नाकामा अनुगमन गरेको छ ।
सडक यात्रा भन्दा भित्रि सडकको बाटो हुदै संक्रमण फैलिएको जिल्ला हुदै पैदल यात्रा आउने सम्भावनाको खोजी गर्दै जिल्लाका नाकाहरुमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिमलराज कणेलले बताए । प्रवेश नाकामा खटिने सुरक्षा निकायको पहिलो लाईनमा नेपाल प्रहरी हुनेहुदा जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको प्रहरी प्रमुख कणेलको भनाई रहेको छ ।
आफ्ना मातहतमा रहेका प्रहरी कर्मचारीहरुलाई आफु सुरक्षित रहेर सेवामा खट्न निर्देशन दिएको छु कणेलले भने,“कोरोनाको जोखिममा खटिएका प्रहरीहरुलाई उच्च सर्तकर्ता अपनाएर सेवा दिनु हाम्रो दायीत्व हो ।” सबै प्रहरी साथीहरु उच्च मनोबलका साथ जनताको सेवामा खटिएका छन् उनले भने ।
कोरोनाको संक्रमणलाई रोक्न सरकारले गरेको लकडाउनलाई पुर्ण पालना गर्न जिल्लाका सामाजिक अगुवाहरुले समेत आग्रह गरेका छन् । करिब दुई महिना लकडाउनमा घरमा बस्दा समस्या आएपनि विश्वभरलाई समस्या पारेको कोरोना भाईरस सगँ लड्न लकडाउन अवधी बढाएपनि अब समस्या नहुने सामाजिक अगुवा गुरुप्रसाद भट्टराईले बताए ।
कोरोना संक्रमण सगँ सामाना गर्दै सेवा प्रवाहमा खटिएका कर्मचारीको सुरक्षाका लागि सुरक्षा समितिले देखाएको चासो, बाहिरी जिल्लाबाट नागरिक प्रवेसमा सुरक्षा दिन कुनै कसुर बाँकी नराख्ने प्रहरीको सेवा र लकडाउनले पारेको समस्या समाधानमा स्याङ्जावासीले देखाएको धैर्यता अत्यन्तै स्वागतयोग्य रहेको छ । नागरिकको स्वास्थ्यको चासो प्रति अझ अन्य विधि अपनाएर भएपनि राज्यका निकाय अझै लाग्नु पर्ने देखिन्छ ।

Facebook Comments Box
TOP