पतञ्जली योग समिति स्याङ्जाद्धारा भीरकोटमा एकलाख भन्दा बढिको खाद्यान्न प्रदान
चुत्र महत/भीरकोट :
पतञ्जली योग समिति स्याङ्जाद्धारा भीरकोट नगरपालिकालाई एकलाख भन्दा बढिको खाद्यान्न प्रदान गरिएको छ । आचार्य श्री वालकृष्णजी माहाराज र स्वामी योग गुरु रामदेवको चाहना अनुशार पतञ्जली योग समिति स्याङ्जा वालिङ् मार्फत नगरपालिकालाई खादान्न प्रदान गरिएको समितिका अध्यक्ष नारायण प्रसाद तिवारीले जानकारी दिनुभयो ।
भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी योग समितिका उपाध्यक्ष विष्णु प्रताप खाँण र पदाधिकारीहरुको उपस्थीतिमा योग समिति स्याङजाका अध्यक्ष तिवारीले खाद्यान्न नगर प्रमुख छायाराम खनाललाई हस्तान्तरण गर्नुभएको हो ।
राहत सामाग्री वुझदै प्रमुख खनालले कोविड १९ वाट प्रभावित भीरकोट वासीलाई सहयोग गरेकोमा आचार्य वालकृष्ण माहाराज र स्वामी रामदेव माहाराज प्रति आभार प्रकट गर्दै पतञ्जली योग समिति स्याङ्जालाई धन्यवाद व्यक्त गर्नु भयो ।
उहाँले योगका माध्यम वाट शरिरमा लागेका हरेक रोगलाई निर्मुल पार्न सक्ने शक्ति प्राप्त हुने भएकाले हरेकले लक डाउनको पालना गर्दै आ आफ्नो घरघरमा वसेर योग गर्न पनि भीरकोट वासी जनतालाई आग्रह गर्नु भयो ।
पतञ्जली योग समिति स्याङ्जाले कोविड १९ वाट आँफु पनि वाँचौ अरुलाई पनि वचाँऊ सधै योग गरौ र निरोगी वनौँ भन्ने अभियानका साथ क्रमश स्याङ्जा जिल्लाका पालिकाहरुमा राहत सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको योग समिति स्याङ्जाका माहासचिव खगेन्द्र प्रसाद अर्यालले वताउनु भयो ।
हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी रु १३ लाख २४ हजार २ सय ६३ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


