पाल्पालाई आज रातिबाट पुर्ण रूपमा शिल गरिदै ।

Palpa District

पाल्पा : कोरोना भाइरस फैलन नदिन पाल्पामा पुर्ण सावधानी अपनाइएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको जेठ २ गते बसेको बैठकले पाल्पा जिल्लालाई ३ गते शनिवार विहान ५ बजेदेखि ५ गते राती १२ बजेसम्म जिल्ला शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।


पाल्पामा संक्रमण रोकथामको लागि जिल्ला नै सिल गर्ने निर्णय भएको हो । बैठकले औषधी एम्बुलेन्स शबबहान लगायतका अत्यावश्यकीय वस्तुको गाडी बाहेक कुनै पनि सवारी साधन संचालन नगर्ने र उद्योग व्यवसाय समेत संचालन नगर्ने निर्णय गरेको उहाँले बताउनुभयो । गृह मन्त्रालयले यस अघि सबै ई पास खारेज गर्दै एक जिल्लाबाट अर्को जिल्लामा समेत जान रोक लगाएको थियो । यस्तै शुक्रवारबाट एक जिल्लामा समेत आवात जावत गर्न नमिल्ने गरेर जारी गरिएका पास समेत रद्ध गर्ने निर्णय भएको थियो ।


छिमेकी जिल्ला गुल्मीले भने यस अघि नै जिल्ला सिल गर्ने निर्णय गरेको थियो । पाल्पा कोरोना संक्रमित रहेको रुपन्देही, नवलपरासी र कपिलवस्तुको सीमामा भएकाले त्यहाँबाट हिँडेर समेत जिल्ला आउन सक्ने भएकाले जिल्ला नै सिल गरेर उच्च सर्तकता प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।


बैठकले यो अवधिमा भारतबाट लुकीछिपी मान्छेहरु पैदलबाट जिल्ला भित्रने गरेको उच्च सावधानी अपनाइृ उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न स्थानीय तहहरुले निर्देशन दिएको छ । त्यस्तै जिल्लाका लागि तत्कालका लागि १ हजार थान आरडिटि किट र २ सय थान पिपिई प्रदेश मन्त्रालयबाट माग गर्ने समेत निर्णय भएको छ ।


त्यस्तै समितिको बैठकले २ नगरपालिकामा ५,५ सय बेड क्षमताका र ८ गाउँपालिकाहरुमा २ सय ५०, २सय ५० बेड क्षमताका गरि ३ हजार बेड क्षमताका क्वारेन्टाइन पाल्पामा बनाइने निर्णय भएको छ । हाल पाल्पामा ४ सय बेड क्षमता हाराहारीमा क्वारेन्टाइन रहेका छन् । साभार : पाल्पा समाचार डटकमबाट

.

Facebook Comments Box
TOP