अधिकृत बनेपछि पनि अतिरिक्त समयमा अनलाईनबाट पढाउन व्यस्त छन् पूर्ब शिक्षक अधिकारी

आँधीखोला खबर :
कोरोना रोकथाम र नियन्त्रणका लागि भईरहेको लकडाउनमा घरमा नै बसेका बिद्यार्थीहरुलाई मध्यनजर गर्दै पुर्व शिक्षक तथा अहिलेका सरकारी अधिकृत महेन्द्र अधिकारीले अनलाईन मार्फत निरन्तर पढाई रहनु भएको छ । घरमा बसिरहेका बिद्यार्थीहरुको पढाईमा थप मद्दत पुगोस् भनेर आफूले बिज्ञान र गणित बिषयको अध्यापन गराईरहेको अधिकारीले बताउनु भयो ।
अधिकारीले गणित र बिज्ञान बिषयमा भिडियो बनाएर युट्युवमा राख्ने गर्नु भएको छ । जसले राम्रो भ्युअर पनि पाएको छ । कतिपय बिद्यालयका शिक्षकहरुले उक्त भिडियोहरु शेयर गर्ने गर्दै स्टाटसमा लेख्ने गरेकाछन्, बिद्यार्थी भाईबहिनीहरु यो भिडियो हेरौं निक्कै प्रभावकारी छ ।
एम एड, एम एस्सी र एलएलबी सम्मको अध्ययन पुरा गरिसक्नु भएका अधिकारी सरकारी सेवामा प्रवेश गर्नु अघि पोखराको एसओएस हर्मन माईनर बिद्यालय सहित बिभिन्न शैक्षिक संस्थामा १२ बर्ष भन्दा बढि समय पढाउनु भएको थियो ।

.

अधिकृत महेन्द्र अधिकारी

पछिल्लो समय अधिकारीले कक्षा १० र एसईई दिने बिद्यार्थीलाई लक्षित गरी पढाउदै आउनु भएको छ । अल ईन वन साईन्स लगायतका पुस्तकहरु लेख्दै आउनु भएका अधिकारीले बिद्यार्थीहरुको माग र चाहनाका आधारमा पढाउदै आएको बताउनु भयो । पछिल्लो समय लोकसेवा अन्तरगत खरिदारको तयारी गरिरहेका बिद्यार्थीहरुको लागि लक्षित गरी गणित र बिज्ञानको भिडियो बनाउन शुरु गरेको जानकारी दिनुभयो ।
न्याय सेवामा अधिकृत पदमा कार्यरत रहनु भएका अधिकारीको स्थायी घर स्याङजाको चापाकोटमा हो । लकडाउन शुरु भए देखि नै भिडियो तयार गरी बिद्यार्थीलाई पढाउदै आउनु भएका अधिकारीले बिद्यार्थीहरुको चाहना र माग अनुशार नै शिक्षणको भिडियो तयार पारेको जानकारी दिनुभयो । उहाँले कार्यालय समय बाहेक बिहान साँझ तथा बिदाका दिनहरुमा बिद्यार्थी लक्षित भिडियोहरु बनाउने गर्नु भएको छ ।

.

तलको लिंक खोलेर हेर्नुहोस् यो सँगै अन्य भिडियोहरु पनि उपलव्धछन् अथवा युट्युवमा गएर Mahendra Adhikari Classes सर्च गर्न सक्नुहुनेछ :

.

Facebook Comments Box
TOP