अमेरिकामा रहेका गल्याङ ७ व्यक्तिहरुद्वारा गल्याङलाई १ लाख १३ हजार सहयोग
गल्याङ :
गल्याङ नगरपालिका ७ बाट अमेरिकामा पुगेका व्यक्तिहरुले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषका लागि एक लाख भन्दा बढि सहयोग गरेका छन् ।
गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा उनीहरुले एक लाख १३ हजार दुई सय ७६ रुपैयाँ सहयोग गरेका हुन् ।
वडा नम्बर सातका १० जना मिलेर सहयोग गरिएको रकम विहीबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरिएको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य मुक्तिप्रसाद पाठकले आफ्नो जन्मभुमीलाई सम्झिएर सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।
उहाँले अप्ठ्यारोमा परेकाहरुलाई आफ्नो घरसम्म ल्याउने सहितका धेरै काम नगरपालिकाको जिम्मेवारीमा आएको भन्दै यस्ता सहयोग नगरपालिकाको लागि महत्वपूर्ण हुने बताउनुभयो ।
सहयोग रकम ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले विदेशमा रहँदा अझै बढि स्वदेशको सम्झना र माया हुने भन्दै जन्मभूमिलाई सम्झीएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले अमेरिकामा फैलिएको कोरोनाको संक्रमणबाट त्यहाँ रहेका नेपालीहरुले साबधानी अपनाउनुपने बेलामा गल्याङलाइ समेत सम्झिएको भन्दै यसबाट आफुलाई निकै खुशी लागेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘विदेशी भूमिमा रहेर श्रम गर्नुको पिडा धेरै हुने गरेको छ । र यो दुखको समयमा निकै महत्वपूर्ण सहयोग गर्नुभएको छ, म सम्पूर्ण सहयोगदाता महानुभावहरुलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।’
उहाँले प्राप्त सहयोगको उचित ढंगले पीडितहरु सामु पु¥याइने प्रतिबद्धता जनाउनुभयो ।
गल्याङ नगरपालिका वडा नम्बर सातबाट अमेरिका पुग्नुभएका राम पाठक, केशब पाठक, तारा पाण्डे, खेम भण्डारी, सुदन भण्डारी, खेम पाठक, विनोद पाठक, दर्पण पाठक, लेखनाथ भण्डारी र शिब अधिकारीले संयुक्त रुपमा यो रकम गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोषका लागि सहयोग गर्नुभएको हो ।
संकलन भएको रकम अमेरिकामा रहेका सहयोगदाताका वडा नम्बर सातमा रहेका आफन्तहरु संविधानसभा सदस्य मुक्तिप्रसाद पाठक, वडा नम्बर सातका अध्यक्ष रामविर गुरुङ, नेकपा नेता छविलाल भूषाल, स्थानीय पत्रकार हरि अधिकारी, समाजसेवी तोलाकान्त अधिकारी लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
.
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…