खाना खादै गर्दा घरको छाना माथि नै रुख ढलेपछि…………

गल्याङ :
गल्याङ नगरपालिका वडा नम्वर ३ का रुक्मागत भण्डारीको घरको छानामा रुख ढलेर क्षती पुर्याएको छ । आज बिहान आएको हुरी बतासले घरमाथि रहेको चिलाउनेको रुख ढालिदिएको हो । सात जना रहेको भण्डारीको परिवार घरभित्र खाना खादै गर्दा ठुलो आवाज सहित घरको मुख्य छानामा रुख बजारिएको परिवारले जनाएको छ । घरमाथि नै रुख ढलेपछि हावा र पानीका बीच भण्डारीको परिवार भागाभाग भएको थियो ।
प्रहरी चौकी गल्याङ र स्थानीयबासीको सहयोगमा घरको छानाबाट रुख हटाउने काम गरिएको वडा अध्यक्ष महेश भट्टराईले जानारी दिनुभयो । उहाँले क्षतीको बिबरण संकलन गर्ने काम भईरहेको बताउनु भयो । खरले छाएको घरका डाँडा भाटा समेत भाँचिएको बताईको छ ।
तस्विर -पत्रकार भूपराज बश्याल
.





समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…