कक्ष १० मा पढ्ने बिद्यार्थीले देखेको ‘नयाँ नेपाल’

utsab_subedi_final_waling

उत्सव सुवेदी : हावाको झोंका, पानीको थोपा र समयको पोका थोरैमा पनि अनन्त, गम्भीर र व्यापक हुन्छ। यी प्रयोगका मूर्त हुन्छन् तर गुण अमूर्त र अनित्य हुन्छन्। त्यसैले यिनलाई रोक्न, देख्न, थेग्न कसैले सक्दैनन्। यसको अतिरिक्त प्रत्येक मानिससंग दुख्ने मन,हाँस्ने ओठ र सोच्ने मस्तिस्क हुन्छ। त्यसैले पनि यी पानी, हावा र समय जस्तै शक्तिशाली हुन्छ। यिनलाई पनि रोक्ने तागत र नियन्त्रणमा लिन सक्ने वल कसै संग छैन।

त्यस्तै मेरो मन पनि हावा जस्तै बहन्छ,पानी जस्तै बग्छ र समय जस्तै गहन छ। यो मन कहिले सुनामीको छाल बनेर कहिले मथिलिंगमा नै हिमको पर्वत बनेर तरन्गिन थाल्छ । मेरो मन सोच्ने क्रममा अथाह कुरा कोट्याउँछ, असम्भवलाई सम्भव्याउँछ। मेरो मन कहिले सुखको शारदीय घाम बोकेर ल्याउँछ, कहीले असारको बाडी बोकेर ल्याउँछ। कहिले परिवार, कहिले समाज,कहिले सहर एवम् राष्ट्र, धर्म, जात, मानव, सबैको दशा,दुर्दशा, सुदशाका बारेमा सऋिदयी सोच्न भ्याउँछ।

यसरी मेरो मन,बिना पानीको रहमा ढुगां खियाउँदा खियाउँदै जंगलमा मंगल खोज्छ तर नदीको पानीमा कमलको फूल र त्यसका उज्यालो मानव कुलको दियालो देख्छ। मेरो मन समयसंग बग्छ अवस्थानुकुल वर्सन्छ, पग्लन्छ अनि जम्छ र त सबैले नया देश, नया नेपालको कल्पना गर्छ। परम्परित नेपालमा एकातिर जातीय असमानता, धार्मिक अन्ध प्रवृति,लैंगिक भेद, वर्गीय खाडल र कर्मीय असहिष्णुता छ। यसले एकातिर हाम्रो सहचार्य व्यवस्था, मूल्य मान्यतालाई कुरूप बनाएको छ भने अर्को तिर हामीले खाने गाँस, बस्न प्रयोग गर्ने बास बनाउनमा, लगाउने बश्त्र बनाउनमा परजीवी बनाएको छ।

यहाँ एकातिर रोजगारको समस्या परिरहेको छ भने अर्को तिर अलिसान महल निर्माण गर्न कही प्रतिशत जनता सोझा, निमुखा, निरिह वर्गको शोसण गर्दैछन। भर्ष्टाचार गर्दै छन्। जुकाले रगत खानु पर्नेमा, बाघले हिंशा गर्नु पर्नेमा ती भर्ष्टहरू आफै जुका, बाघ आदिको रूप धारण गरेर समाजलाई कोलहालमय बनाउदै छन्। मानवीय धर्म, आस्था र बिस्वास भित्ताम सजाएका आचार जस्तै सिद्धान्त र बोलिमा सीमित छन्। यत्रतत्र आँसुको भेल बगिरहेको छ।यसको निराकरणको लागि मेरो मन हर्दम सोचिरहन्छ, “नयाँ नेपाल कसरी बनाउने?”

 मलाई बोध हुन आउँछ, माथि उल्लेखित स्थितिबाट बाहिर निस्कन सके मात्र मेरो कल्पनाको र गरिब सर्बहारा वर्गले सोचेको जस्तो नयाँ नेपालको निर्माण हुन्छ। यसका लागि व्यक्ति स्वयम् सक्षम छैन, न त सरकार, देश र राष्ट्रको योजना, कागजी क़ानून, नीति नियमले नै सच्चिन सक्छ।यसका लागि त व्यक्ति,समाज,गाऊँ,सहर र सिंगो देशनै लाग्नुपर्छ। शिक्षक, सरकारी कर्मचारी, प्रहरी प्रशासन, वकिल, प्रध्यापक, किसान, मजदुर, विद्यार्थी, डाक्टर, इन्जिनियर सबैमा नयाँ चेतना जग्नुपर्छ।

 सर्पले ऋतु परिवर्तनसंगै काँचुली फेरेझैँ व्यवस्था परिवर्तनसंगै आँफुलाई जुठ्यानबाट झिकेर चोख्यानतिर लाग्नुपर्छ। अहिले युगीन समजमा विविध जातीय असमानता हटाउन संवैधानिक संघसंस्था, राजनैतिक नीति नियमको परिसंधि र अभिसंधि मात्र काफी देखिन्न। न त एक दिनको गोष्टी सेमिनारमा बसेर खाएको पानीको झोल र पुलाऊ नै काफी रहन्छ। यसका लागि त समाजिक जागरण आउनु पर्छ।त्यस्तै गरी जातीय भेद कायम गराउने धर्म छ, जुन संस्कार र मान्यता छ, त्यसलाई डुगां खियाउने नुएहरूले पानी चिरेर डुगां पार लगाएजस्तै यसको उन्मूलन प्रत्यकको घर घरबाट नै गर्नुपर्छ।समजमा व्यभिचार, आत्याचार, चलाउदै आएको धर्ममा परिष्कार ल्याउनुपर्छ।त्यस्तै नारी र पुरुष रथका दुई पांग्रा मात्र होइनन्, वसन्त र नव पालुवा हुन भन्ने मूल धर्मोचित कर्म गराउनु पर्छ।

यसका लागि नारी र पुरुष दुबैलाई एक घर, समाज जातिमा मात्र होइन सबैलाई राज्यले सुरक्षा दिई कार्यमा लीन गराउन पर्छ।हामीले सम्झनु पर्छ, मनन् गर्नु पर्छ, किताब , पत्रिका र भाषामा मात्र यी कुरा सीमित नराखी व्यवहारमा दुबैलाई प्रबेश नगराएसम्म यो लैगिंय भेद अस्पष्ट नै रहन्छ। हाम्रो समजमा कहिले जाती, कहिले धर्म, कहिले कर्मको आधर्मा वर्गीय सम्प्रभुता छ। यो परिपाटीले त कसैलाई दास मात्र बनाएको छैन। यसले त व्यापारी, जागीरे, उद्योगी, मजदुर, आदि पनि बनाएको छ।यिनै यथार्थ युगिन समस्या। हामीले मनन् गर्नुपर्छ यी त हाम्रा कार्य व्यापार मात्र हुन्। हामी जे सुकै काम गरौँ न, किन त्यसको अगाडी पछाडी विशेषण झुण्याउने ? हामी किन नभन्ने म त काम गर्दै छु वा छैन मात्र । त्यसैले म त यस्ता कुराले मुक्ति पाउनु पर्छ, अनि मात्र वर्गीय समानता सम्भव छ भन्ने सोच्दछु र मेरो नयाँ नेपालको खाकामा यी कुरा रहन पर्छ भन्दछु। अहिले मेरो नयाँ नेपाल निर्मणको व्यवधान नै बेरोजगारी र त्यसबाट उत्पन् रुग्ण अर्थोन्नती नै हो जस्तो लाग्छ।

अहिले नेपालमा कृषिमा महान् कदम चाल्नु पर्ने देखिन्छ तर चलिआएको भन्दै यस्तै गरी ढीला गर्यो भने राम्रो खेती हुने ठाँउमा घर वा महल बन्न सक्छ।अनि कहाँ हुन्छ कृषि क्रान्ति ? कृषि क्रान्ति महलको छानोमा सम्भव छ र ? त्यसैले रोजगारीका अबसर प्रदान गर्न कृषिमा नवीन सामूहिक क्रान्ति आत्यावश्यक छ। भूमिमा व्यापारिकरण होइन भूमिमा नयाँ सृजना गर्न लाग्नु पर्छ।

व्यापारीकरण त आकाशीय मार्गवाट पनि गर्न सकिन्छ। यस्का साथै प्राविधिक ज्ञान, सिपलाई महत्वपूर्ण ठानी सानो सिप, ठुलो ज्ञानको अवधारणा ल्याई साना मझैला, ठूला कलाकरखाना उद्योग खोल्नुपर्छ। स्वदेशमा उत्पादन हुने र भएका सामग्रीहहरूसंग विदेशी सामानको प्रतिस्पर्धा गर्न लगाउने देशमा यस्ता वस्तु र सामान निर्यात गर्न पूर्ण प्रतिबन्ध लगाउनु पर्छ। अहिले मेरो नेपालमा देखसिकी धनी बन्न भर्ष्टाचार र दुराचार बाढ्दै छ। यस्तै कार्यलाई हामी सबैले समयमा नै खबर गरेर र प्रशासनले तत्कललै नियन्त्रणमा लिएर रोक्नु पर्छ। १० रूँपैयाको कामलाई बीच बाटोमै १०० रूँपैया खर्च गर्नु पर्ने बाध्यतालाई खबरदारीको अौषधी र मलम लगाई घाटमा लगेर सेलाउनु पर्छ। साथै पारिस्रमिक दिँदा तह, पदको आधारमा होईन कामको आधारमा तोक्नुपर्छ। फलतः सबै जना तह र पद खोज्दैनन्, काम मात्र खोज्छन्। जब काम आफैले खोजेर काम गर्छन् तब के नयाँ नेपाल नबन्ला र ! नयाँ नेपाल निर्माणका लागि शिक्षा,रोजगार,यातायात,स्वास्थ्य,विज्ञान,प्रविधि, आदिको ज्ञान र प्रयोगमा विशेष ध्यान दिनुपर्छ। शिक्षा प्रत्येक व्यक्तिको नजिक पुर्याई रोजगारीको विकास गर्नुपर्छ। साथै सहरमुखी जनशक्तलाई विकेन्द्रिकरण गर्दै यातायात, स्वास्थ्य र वैज्ञनिक सरसुविधा गाऊँमा पुर्याउनु आवश्यक छ।

एक गाऊँ एक बाटो, एक अस्पताल, एक उत्पादन, एक वैज्ञानिक धारणा निर्माण गर्नु पर्दछ। नयाँ नेपाल निर्माण गर्ने अर्को मानवतावाद/मानव अधिकारलाई सुदृढ र सुरक्षित गर्नु पनि हो। प्रत्येक व्यक्ति व्यक्ति बिच अपराध हुने मुख्य आधार अर्थ, वर्ग, धर्म, लिंग, जात नै भएका ले यी सबै बेरीति हटाई भातृप्रेम , वान्धवप्रेम उजिल्यानु पर्छ।बाँच्नलाई समूह र सहयोगको भावना जागृत गराउनु पर्छ। अन्त्यमा नेपाल अर्धविकसित देश हो। यो देशमा बस्ने हामी हौँ त्यसैले बनाउने पनि हामी हौँ। व्यक्ति देखि सरकारसम्म नै देश विकास र व्यक्ति विकासको कार्य नीति ल्याई देश बनाउनु पर्छ।अनि मात्र नयाँ नेपाल साच्चैँ बन्दछ। अन्यथा नयाँ नेपाल जस्तै सधैँ नयाँ नेपालमा नै स्थिर रहन्छ र रहनेछ। (अब हामी आफैँ बनाउनु पर्छ हाम्रो नेपाल)

Facebook Comments Box
TOP