क्षेत्रीय सभापति खाँणको पहलमा चापाकोटलाई २ लाख भन्दा बढिको खाद्यान्न सहयोग

चापाकोट :
नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्वर २ का सभापति देव बहादुर खाँण ईश्वरको पहलमा चापाकोट नगरपालिकालाई २ लाख भन्दा बढिको खाद्यान्न उपलव्ध गराईएको छ ।
क्षेत्रीय सभापति खाँण को पहलमा बेलायतमा रहनु भएका चापाकोट नगरपालिका वडा नम्वर ४ का नागरिकहरुको तर्फबाट सहयोग उपलव्ध गराईएको तरूण नेता निर्मल रानाले जानकारी दिनुभयो ।
बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले जनजीवनमा पारेको समस्यालाई मध्य नजर गर्दै चापाकोट नगरपालिकालाई सहयोग प्रदान गरिएको क्षेत्रीय सभापति खाँणले बताउनु भयो ।
नगरपालिका भित्र बस्दै आएका बिपन्न तथा मजदुरहरुलाई लक्षित गरि खाद्यान्न सहयोग गरिएको हो सभापति खाँणले भन्नुभयो, जनतालाइ जुन सुकै समयमा पनि जस्तो सुकै सहयोग गर्न पनि कांग्रेस तयार रहेको छ ।
सो अवसरमा सभापति खाँणले जनतालाइ सचेत रहन तर त्रसित नरहन अनुरोध समेत गर्नुभयो ।
उहाँले स्वास्थ्य , शिक्षा , यातायात , बिधुत , संचार जस्ता क्षेत्रमा आउने समस्याका लागि आफुले समेत पहल गरिरहेको बताउनु भयो । संकटको बेलामा नगरपालिकाले नागरिकको सुरक्षा र सहयोगको लागि खेलेको भुमिका निक्कै उत्कृष्ट रहेको सभापति खाँणको भनाई छ ।
सहयोग ग्रहण गर्दै नगरप्रमुख गिरीले महत्वपूर्ण सहयोगको लागि युकेमा रहेका चापाकोट नगरपालिका वडा नवर ४ का जनता र कांग्रेस क्षत्रीय सभापति खाँणलाई धन्यवाद दिनुभयो ।
.

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…