क्षेत्रीय सभापति खाँणको पहलमा चापाकोटलाई २ लाख भन्दा बढिको खाद्यान्न सहयोग
चापाकोट :
नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्वर २ का सभापति देव बहादुर खाँण ईश्वरको पहलमा चापाकोट नगरपालिकालाई २ लाख भन्दा बढिको खाद्यान्न उपलव्ध गराईएको छ ।
क्षेत्रीय सभापति खाँण को पहलमा बेलायतमा रहनु भएका चापाकोट नगरपालिका वडा नम्वर ४ का नागरिकहरुको तर्फबाट सहयोग उपलव्ध गराईएको तरूण नेता निर्मल रानाले जानकारी दिनुभयो ।
बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले जनजीवनमा पारेको समस्यालाई मध्य नजर गर्दै चापाकोट नगरपालिकालाई सहयोग प्रदान गरिएको क्षेत्रीय सभापति खाँणले बताउनु भयो ।
नगरपालिका भित्र बस्दै आएका बिपन्न तथा मजदुरहरुलाई लक्षित गरि खाद्यान्न सहयोग गरिएको हो सभापति खाँणले भन्नुभयो, जनतालाइ जुन सुकै समयमा पनि जस्तो सुकै सहयोग गर्न पनि कांग्रेस तयार रहेको छ ।
सो अवसरमा सभापति खाँणले जनतालाइ सचेत रहन तर त्रसित नरहन अनुरोध समेत गर्नुभयो ।
उहाँले स्वास्थ्य , शिक्षा , यातायात , बिधुत , संचार जस्ता क्षेत्रमा आउने समस्याका लागि आफुले समेत पहल गरिरहेको बताउनु भयो । संकटको बेलामा नगरपालिकाले नागरिकको सुरक्षा र सहयोगको लागि खेलेको भुमिका निक्कै उत्कृष्ट रहेको सभापति खाँणको भनाई छ ।
सहयोग ग्रहण गर्दै नगरप्रमुख गिरीले महत्वपूर्ण सहयोगको लागि युकेमा रहेका चापाकोट नगरपालिका वडा नवर ४ का जनता र कांग्रेस क्षत्रीय सभापति खाँणलाई धन्यवाद दिनुभयो ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


