चर्चित लोकदोहोरी गायिका बिष्णु माझीलाई मातृ शोक ।

आँधीखोला खबर/चापाकोट :
चर्चित लोकदोहोरी गायिका बिष्णु माझीलाई मातृ शोक परेको छ । गायिका माझीकी आमा धर्मकुमारी माझीको ५८ बर्षको उमेरमा निधन भएको हो । स्याङजाको चापाकोट नगरपालिका वडा नम्वर ८ स्थित आफ्नै घरमा उहाँको निधन भएको परिवारले जनाएको छ । लामो समय देखि उच्चरक्तचाप लगायतका राेगकाे बिरामी रहनु भएकी माझीको शुक्रवार निधन भएको हो चापाकोट नगरपालिकाका सल्लाहकार बिश्वास पुरीले जानकारी दिनुभयो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी रहेकाछन् ।
यता गुमनाम जस्तै रहेकी गायिका माझी काठमाण्डौंमा बस्दै आउनु भएको छ । निक्कै कर्णप्रिय स्वरकी धनी माझी केही समय पहिले जिल्ला प्रशासन कार्यालय स्याङजामा देखा पर्नु भएको थियो । कलाकार सुन्दरमणी अधिकारीसँग बिबाह बन्धनमा बाधिएकी माझी गुमनाम जस्तै रहन्छिन् ।
गायिका माझीका स्वरमा रहेका गीतहरु निरन्तर बजारमा आईरहेकाछन् । उहाँले स्वर दिएका गीतहरु सवै उत्कृष्ट छन् तर अन्य कलाकारहरुले समेत माझीको अनुहार देख्न नपाएको बताउने गर्दछन् ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…