स्याङ्जा गोलीकाण्डमा मारिएका सहिद शाहको स्मृति दिवस मनाईयो ।

mahendra_saha_smriti_syangja

भवानी अधीकारी :
२०३६ साल जेठ १४ गते स्याङ्जा गोलिकाण्डमा सहादत प्राप्त बिद्यार्थी नेता, सहिद महेन्द्र शाहको ४१ औं स्मृति दिवस मनाइएको छ । उहाँकै जन्मथलो पुतलीबजार न.पा. १४,सतौं स्थित सहिद महेन्द्र शाह स्मृति पार्कमा आज मनाईएको हो । दिवसमा बोल्दै नेपाली काँग्रेस स्याङ्जाका कार्यबाहक सभापति कुमार रानाले महेन्द्र शाह जस्तै नेपाल आमाका सच्चा सपुतहरूले बगाएको रगतकै कारण आज नेपाली जनताले लोकतान्त्रिक ब्यवस्था प्राप्त गरेको बताउनुभयो। उहाले सहिद शाह स्मृति पार्क निर्माणगरी उहाँको सालिक स्थापना गर्न नेपाली काँग्रेस स्याङ्जा लागिरहेको उहाँको भनाइ थियो । कार्यक्रममा सहिद शाहका बुवा मेघबहादुर शाह, काग्रेस नेता गणेश ढकाल, तरूण दल स्याङ्जाका उपाध्यक्ष रबिन के.सी., सहसचिव करूणा पौडेल, बिद्यार्थी नेता बिज्ञान भण्डारी, नेपाली काँग्रेस १४ का सचिव धनबहादुर शाह, प्रवक्ता राजेन्द्र भण्डारी, कोषाध्यक्ष शेरबहादुर राना लगायतले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्नुुभएको थियो ।

.

नेपाली काँग्रेस १४ का सभापति जितेन्द्रप्रकाश मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गर्नुभएको थियो । बुवा मेघबहादुर शाह र मुमा हिराकुमारी शाहका छोरा उहाँको २०१८ साल चैत २७ जन्म भएको थियो । २०३६ सालमा स्याङ्जाको बिद्यार्थी आन्दोलनमा तत्कालिन पञ्चायती शासकको दमनमा स्याङ्जा बजारको सहिदचोकमा गोली लागेर १८ बर्षको उमेरमा शाहले सहादत प्राप्त गर्नुभएको हो ।

Facebook Comments Box
TOP