महाभारतको एक रोचक कथा : ‘राजा, बाज र परेवा’


खुमकान्त अर्याल : कुनै समयको कुरा हो, आकासमा उड्दै गरेको वाजले एउटा सुन्दर परेवालाई झम्टियो । शत्रुकोे आक्रमणवाट जोगिनको लागि परेवा भागेर वृषदर्भ राजाको काखमा आएर वस्यो । आत्मज्ञानी राजाले, यो परेवाले ज्यान जोगाउनको लागि मेरो काखमा आएको हाे भन्ने कुरा वुझे । शरणमा आएकाे जीवलाई वचाउनु आफ्नो कर्तव्य भएकोले आवश्यक परे आफ्नै शरीर अर्पण गरेर भएपनि तिम्रो रक्षा गर्नेछु भन्दै राजाले परेवालाई भरोसा दिए । यतिन्जेलमा एउटा वाज पनि राजाको नजिकै आएर वसीसकेको थियो ।

मुखमा आइसकेको आहारा खोसिएको महशुस गर्दै वाजले भन्यो, “ राजन ! मैले यसलाई पाउन टाढैवाट पछ्याउँदै धेरै प्रयत्न गरिसकेको छु । आज मलाई विधाताले नै यो आहार उपलव्ध गराएका हुन् । मेरो झम्टाइवाट पखेटा काटिएर घाइते भएको यो परेवाको अहिले सास मात्र वाँकी छ । यसलाई वचाएर पनि अव वाँच्दैन । मलाई धेरै भोक लागेको छ । यसको मासु, भुँडी, रगत, हड्डि खाएर मेरो भोक मेट्नेछु ।

.

खुमकान्त अर्याल

अव यो मेरो हक अधिकार भित्रको आहार हो । राजाको काम भूमिमा वसोवास गर्नेहरुको वीचमा शासन गर्ने हो, राजकीय वल र सत्ता लाई अकासचारी पंक्षीमाथी हस्तक्षेप गरी आफ्नो अख्तियारको दुरुपयोग नगर्नुहोस, प्रकृतिकाे अाफ्ना िनयमहरू छन, यसलाइ ताेड्न पाउनु हुन्न, याेे तपाईको क्षेत्राधिकारको विषय होइन । जसले तपाइको देशलाई आघात हुने,तपाईको राज्यमा धावा वोल्ने वा तपाईमाथी अँग भंग गर्ने उद्देश्यले जाइलाग्छ तेसलाई पराक्रम देखाएर आफनो प्रभुता प्रकट गर्न उचित हुन्छ । यदि तपाइले सक्नु हुन्छ भने तपाईको देशमा भएको अभाव, गरिवी, अशिक्षा,अन्याय समाप्त गर्नुहोस ।

जटिल मुद्दामामला मिलाएर न्याय दिनमा ध्यान दिनुहोस, र अझै सक्नुहुन्छ भने साधना गरी आफनो इन्द्रियहरु माथी विजय प्राप्त गर्नुहोस । तपाइले यो परेवालाई धर्मको नाममा वचाउने हो भने ठीकै छ तर म भोको पँक्षीको लागि पनि अहिले खानाको वन्दोवस्त गर्नुहोस ।” वाजको कुरा सोह्रै आना ठीक थियो । एकातिर शरणको मरण गर्न धर्म विरुद्द हुने, आर्को तर्फ प्रकृतिको आहार श्रृङ्खला भित्र वन्दोवस्त भएको वाजको आहार खोस्दा लाग्ने प्रतिपाया । तव असमन्जसमा परेका वृषदर्भ राजाले भन्छन, “ हे वाज ! तिम्रो कुरा वेठीक छैन, तेसैले वरु तिमीले यँहा भएका भैंसी, गोरु, सुगुर, मृग,के खान्छौ रोजेर खाउ तर ज्यान वचाउन मेरो काखमा टाँसीएर वसेको यो परेवा तिमीलाई खान दिन सक्दिन । तव वाजले भन्छ महाराज !

“मैले यस्ता पशुहरुको भोजन गर्दिन, प्रचीनकाल देखी नै विधाताले सवै जीव जनावर पशुपँक्षिको आहार श्रृखला निश्चय गरेको छ, त्येस अन्तर्गतनै परेवा, वाजको मुख्य आहार हो । कसै तपाईले परेवा दिनुहुन्न भने यस वापत यो परेवा काँटामा राख्नुहोस र यसको तौल वरावरको तपाईको शरीरको मासु काटेर मलाई खान दिनु पर्ने छ तव मान्ने छु ।”

राजाले, वाजको यश शर्त मन्जुर गर्दै तौलको लागि काँटा मगाएर झुँडाए ।

पाखुराको मासु काटेर काँटामा राखे, पुगेन, साँप्राको काटे, एवंरितले जाँगको काटे तर पनि मासुले पुगेन । शरीरवाट रगतको भल वगिरहेका थियो । राजदरवारमा रानी, मन्त्री, भाइभारदारमा कोलाहल मच्चिन थाल्यो । मासु काट्रदा शरीरवाट निस्केको, रगतले लतपत अस्तिपन्जर मात्र वाँकी रहेको, हेरी नसक्नु डरलाग्दो राजाको विद्दिर्ण यो दृश्यवाट पृथ्वी कम्पायमान हुन थालिन ।

शरीरमा भएभरको मासु राख्दा पनि काँटा नपुगेको हुदा पुरा गर्नको लागि अस्थिपन्जरको रुपमा वाँकी रहेका राजा, जव काँटामा चढ्दै थिए, तव शरणागतको रक्षार्थ शरीरको वलिदान दिदै गरेको यो दुर्लभ अदभुत कार्यको जयजयाकार गर्दै आकासवाट इन्द्र समेतका लोकपाल देवताहरुले पुष्प वृष्टि गर्न थाले । वाजकाे शरीर भेषमा स्वयं धर्मराजले राजाकाे धर्म,वचनकाे पालनाकाे परीक्षण गरेका रहेछन । देवता, सिद्द पुरुष, अप्सरा तथा गन्धर्वहरु ताँही आएर राजाको जय जयकार र नाचगान गदै स्वागत र अभिनन्दन गर्न थाले । स्वयंं व्रम्हाजी पनि त्यँहा पाल्नुभयो । राजालाइ लिन स्वर्गवाट दिव्य विमान आइपुग्यो । धुमधामको उत्सव गर्दै देवदुतहरुले राजालाई विमानमा राखेर स्वर्ग तर्फ प्रस्थान गरे ।-महाभारत- अनुशासन पर्ववाट ।

Facebook Comments Box
TOP