लकडाउन केही खुकुलो, यस्ता छन् खुला गरिएका क्षेत्रहरू…
काठमाडौं : सरकारले जारी लकडाउनलाई केही खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई ५ जेठसम्म लम्ब्याउने निर्णय गरे पनि विगतमा भन्दा केही क्षेत्र तोकेर लकडाउनलाई खुकुलो पारेको हो ।
सरकारले केन्द्रीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग समन्वय गरी सम्बन्धित जिल्लाको क्राइसिस म्यानेजमेन्ट सेन्टरले लकडाउनलाई खुकुलो पार्न आवश्यक व्यवस्थापन गर्ने गरी निर्णय गरेको हो । सोअनुसार जिल्लास्तरीय म्यानेजमेन्ट टिमले संक्रमण जोखिमको अवस्था मूल्यांकन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउँदै सामाजिक दूरीसमेत कायम गरी विभिन्न अत्यावश्यक सेवा सञ्चालन गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयका अनुसार अब लकडाउनको समयमा खाद्यवस्तु, अन्य बाली लगाउने तथा पाकेको बाली भिœयाउने कार्य गर्न पाइनेछ । पशुपक्षी पालन, माछा पालन, कुखुरा पालन तथा बिक्री वितरणका कार्यसमेत खुला राख्ने निर्णय गरिएको छ ।
यसैगरी, फलफूल, तरकारी र दुग्धजन्य पदार्थको उत्पादन संकलन, भण्डारण तथा बिक्री वितरणलाई खुला गरिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार जिल्लामा केही खुकुलो गरिएका यी निकायले जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहसँग भने समन्वय गर्नुपर्नेछ ।
खुला गरिएका क्षेत्र
स्वास्थ्य सेवासम्बन्धी
– सबै स्वास्थ्य संस्थाहरू
– औषधि तथा स्वास्थ्य सामग्री, मेडिकल अक्सिजनको उत्पादन र बिक्री वितरण
– सबै औषधि पसलहरू, एग्रोभेट र भेटनरी पसलहरू
– जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसल
ढुवानी सेवासम्बन्धी
– ढुवानीका सामान तर निष्संक्रमण भएको हुनुपर्ने
– भन्सारबाट जाँचपास भई आएका सबै ढुवानीका साधन
– पानी, ग्याँस र पेट्रोल बोकेका सबै ढुवानीका साधन
– औद्योगिक कच्चा पदार्थ बोकेका साधन
– विकास आयोजनमा प्रयोग हुने उपकरण ल्याउने कार्य
– काठमाडौं उपत्यकामा प्रवेश गर्ने मालवाहक सवारीमा यात्रु भने राख्न नपाइने
– एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही
विकास आयोजनासम्बन्धी
– राष्ट्रिय गौरवका आयोजना, जलविद्युत् आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजनाका कार्यहरू गर्न पाइने
– श्रमिकहरूलाई खानाको व्यवस्था मिलाउने सुरक्षित उपायसहित
– ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्रीको उत्पादन, संकलन र ढुवानी सम्बन्धी कार्य गर्न पाइने
– सिमेन्ट सञ्चालनका लागि आवश्यक पर्ने चुनढुंगालगायत सामग्री ढुवानी
– नदी नियन्त्रणका कार्यहरू
सार्वजनिक सेवासम्बन्धी
– बैंक तथा वित्तीय संस्था, बिमा, धितोपत्र लगायतका कार्यका लागि एक तिहाइ कर्मचारीमार्फत कार्य गर्ने
– अत्यावश्यकीय सरकारी सेवा सञ्चालन
– औद्योगिक उत्पादनसम्बन्धी कार्य
राजमार्गका होटल तथा रेस्टुरेन्ट
– राजमार्ग तथा सहायक मार्गमा कम्तीमा ५० किमिको दूरीमा खानाको प्याकेट मात्र बिक्री गर्न पाइने तर स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्नुपर्ने
– व्यवस्थापकीय कार्यसम्बन्धी
यी सबै क्षेत्र भने बन्द नै रहने
– विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरू
– गैरखाद्य वस्तु बिक्री गर्ने व्यावसायिक मल, सिनेमा हल, पार्टी प्यालेस, फर्न पार्कलगायतका सबै सार्वजनिक स्थलहरू
– सार्वजनिक जमघट हुने सबै धार्मिक स्थलहरू
– रंगशाल, खेलकुद, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन, ब्युटी पार्लर
–होटल तथा रेस्टुरेन्ट
– पास भएकाबाहेक अन्य सबै यात्रुवाहक सवारी साधन
– १२ वर्षमुनिका बालबालिका, अशक्त तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकले हिँडडुल गर्न नपाउने
– आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक यात्रुवाहक हवाई उडान
– केबलकार र रेल्वे सेवा साभार राजधानी दैनिक
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …