आजबाट लागु भएको नियम : सवारी पास कसरी लिन सकिन्छ,यस्तो छ व्यवस्था

आँधीखोला खबर : सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउनलाई शनिबारबाट थप कडाइ गर्ने भएको छ । सडक तथा गल्लीमा हिड्न नदिनेदेखि सवारी आवागमनमा समेत नयाँ पासको व्यवस्था गरेको छ ।
लक-डाउनका समयमा विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट विगतमा जारी गरिएका सबै प्रकारका सवारी पासहरू रद्द गरिएको हो ।
अति आवश्यक काम परेर सवारी पास चाहिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारणसहित निवेदन दिनुपर्ने छ र उपयुक्त देखिएमा प्रमुख जिल्ला अधिकारीले पास जारी गर्नेछन् ।
काठमाडौं जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालयको वेबसाइटको सूचनाअनुसार प्रक्रिया पूरा गरी पास लिन सकिने गृह मन्त्रालयले जनाएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास चाहिएमा जुन जिल्लामा जानु पर्ने हो, त्यो जिल्लाको जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिएर मात्र सवारी पास जारी गर्नुपर्ने छ । काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवारी पास चाहिएमा गृह मन्त्रालयको पूर्वस्वीकृति चाहिने छ ।
सन्चारकर्मीहरु भने सूचना विभागबाट जारी भएको पास देखाएर आउ–जाउ गर्न सक्नेछन् ।
.

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…