लकडाउन जेठ ३२ सम्म लम्बियो, अन्तर्राष्ट्रिय उडान असार १६ सम्म बन्द
काठमाडौं : सरकारले सातौपल्ट लकडाउनको अवधि थपेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ महिनाभरि कायम राख्ने निर्णय गरेको छ । चैत ११ गतेबाट देशव्यापी रूपमा सुरु भएको लकडाउनको पछिल्लो पटक कायम गरेको अवधि जेठ मङ्गलबार सकिँदै थियो ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान र सीमान नाका असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । यद्यपि भारतबाट स्थलमार्ग भएर स्वदेश फर्कन चाहने नागरिकलाई भने झापादेखि कञ्चनपुरसम्म २० वटा नाका तय गरेको छ । सरकारले तोकेको नाका बाहेक अन्यत्रबाट आवागमन हुन नदिने जानकारी स्रोतले दिएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


