स्याङ्जा : लकडाउनले बिकेन कागती र सुन्तलाका बिरुवा
भवानी अधिकारी/स्याङ्जा : गल्याङ नगरपालिका-५ का भाई मिलेर सुरु गरेका कागती र सुन्तलाका बिरुवा लकडाउनका कारण प्रभावित बनेका छन्। बाह्रै महिना उत्पादन लिन सकिने सुन कागती र सुन्तलाका बिरुवा अहिले नर्सरीमै हुर्केदै छन्।
उनीहरुले स्यालबासमा रहेको नर्सरी कृषि तथा पशुपालन समूह दर्ता गरेर सामुहिक व्यवसायमा जयबहादुर भण्डारी, थानबहादुर थापा, पूर्णबहादुर थापा, तीलीसरा पाण्डे, कुलबहादुर थापा जुटेका छन्। वैदेशिक रोजगारमा ७ वर्ष बिताएका तेजबहादुर भट्टराई र केही त्यहीका मिलेर आफनै जन्मथलोमा कृषि उद्यममा जुटेका हुन। उनीहरुले ४ वर्षदेखि गल्याङमै कागती नर्सरी, बिरुवा उत्पादन, बिक्री गर्दै आएका छन्।
बिगतमा यतिबेला बिक्री गरि सक्ने बिरुवा अहिले भने लकडाउनका कारण ढुवानीमा समस्या भएको तेजबहादु भट्टराईले बताए। नर्सरीमा ३५ हजार कागती र सुन्तलाका बिरुवा रोप्ने तयारी अवस्थामा छन्। ‘लकडाउनका कारण बिक्री गर्न कठिनाई भो। लकडाउन लम्बिदै जाँदा आफनो लगानी खेरा जाने पो हो की डर छ’ उनले भने। दुई रोपनी जग्गा भाडामा लिएर १८ लाखको लगानीमा नर्सरी सुरु गरेको उनीहरु बताउँछन। ‘पोलिब्यागमा हुर्काइएका स्वस्थ्य अवस्थाका २ वर्ष ६ महिनाका ४ फुट उचाईंका ती बिरुवाहरु असारसम्ममा रोप्नै पर्ने हुन्छ’ भट्टराईले थपे ‘त्यसपछि रोप्ने हो भने अपेक्षित फल पाइँदैन।’ उनीहरुका अनुसार हाल बिक्रीका लागि प्रति विरुवा कागतीको ७० रुपैयाँ र सुन्तलाका लागि ५० रुपैयाँ मुल्य निर्धारण गरिएको छ।

यहाँ उत्पादित बिरुवा अधिकांश स्याङजामै र केही पर्वतमा माग हुने गरेका छ। ‘सुन कागती रोपेको ३ वर्षपछि उत्पादन लिन सकिन्छ। सुन कागती पानी नजम्ने दोमट जमिनबाट राम्रो फल्छ। बिउ जमाएर बनाएका बिरुवा र स्वस्थ्यता प्रमाणित गरिएका कलमी विरुवा पनि रोप्न सकिन्छ। यी दुबैले राम्रो उत्पादन दिन्छन्’ उनले भने सुन कागती बाह्रै महिना फलाउन सकिन्छ भने अन्य कागती भदौदेखि मंसिरसम्म मात्र फल्ने गर्दछन्।’
सुन कागतीको व्यवसायिक खेती गर्न किसान लक्षित कार्यक्रम सञ्चालन गरे कागतीको तीन महिने उत्पादन अवधि बढाएर आयातलाई घटाउन सकिने कृषि प्राविधिकहरुको भनाई छ। कागती सबैका लागि आवश्यक छ। कागतीमा भिटामिन सी पाईन्छ। स्वास्थ्यका लागि अत्यावश्यक मानिन्छ। स्थानीय बजारमा सजिलै बिक्री वितरण गर्न सकिने भएकाले कागती ब्यवसाय छनौट गरिएको अर्का किसान पूर्णबहादुर थापा भन्छन्।

बर्षको दुई/चार पटक गोडमल गरेपछि राम्रो फल दिने हुँदा कागती खेती गर्न त्यती कठिन हुँदैन। नगदे बालिका रुपमा परिचित कागती लामो समयसम्म टिकाउ हुन्छ। छिटै बिग्रने र कुहिने डर पनि कागतीमा कम हुन्छ। एक पटक कागती रोपेपछि २० देखि ३० वर्षसम्म फल दिइरहने हुँदा कम उत्पादन लागतमै राम्रो नगद आर्जन गर्न सकिने हुदाँ स्याङजाका वालिङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र फेदिखोला गाउँपालिकाले कागती खेतीलाई बिशेष जोड दिएका छन्।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


