‘लकडाउन’ केही खुकुलो, औद्योगिक उत्पादन तथा वितरण खुला गर्ने निर्णय

काठमाडौं : सरकारले ‘लकडाउन’ जेठ ५ गतेसम्म लम्ब्याएपनि यसलाई केही खुकुलो बनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनको ‘मोडालिटी’ केही परिमार्जन गरिएको जानकारी गराएका हुन् ।

सरकारले औद्योगिक उत्पादन तथा वितरण खुला गरेको छ । मन्त्री खतिवडाले सुरक्षात्मक उपाय अपनाएर निर्माण उद्योगहरु पूर्णरुपमा सञ्चालन गर्न दिइने निर्णय भएको बताए ।

निर्माण सामग्री, कृषि तथा पशुपक्षीको ढुवानी पनि खुकुलो पारिएको छ । उद्योगबाट ‘लोड’ भएका सामान गन्तव्यस्थलसम्म लान दिइने भएको छ । बिमा, बैंकिङ, धितोपत्र बजार पनि एकतिहाइ कर्मचारीमार्फत् सञ्चालन गर्न सकिने व्यवस्था गरिएको पनि मन्त्री खतिवडाले जानकारी गराए ।

काठमाडौं छिर्ने गाडीका चालक र सहचालकको विवरण राखेर ढुवानी सहज गरिने भएको हो ।

राजमार्गका होटल तथा रेष्टुराँहरु पनि निश्चित मापदन्ड अपनाएर सीमितरुपमा खोल्न दिइने व्यवस्था गरिएको पनि मन्त्री खतिवडाले उल्लेख गरे ।

तर, राजमार्गका ती रेष्टुराँहरुबाट खानाको प्याकेटमात्र उपलब्ध गराउन सकिने भएको छ । यस्तै, राजमार्गमा सीमित मात्रामा गाडी वर्कसप पनि खोल्न दिइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यसैगरी, सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।बैठकले २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णयसमेत गरेको छ facebook sharing button

Facebook Comments Box
TOP