‘लकडाउन’ केही खुकुलो, औद्योगिक उत्पादन तथा वितरण खुला गर्ने निर्णय
काठमाडौं : सरकारले ‘लकडाउन’ जेठ ५ गतेसम्म लम्ब्याएपनि यसलाई केही खुकुलो बनाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनको ‘मोडालिटी’ केही परिमार्जन गरिएको जानकारी गराएका हुन् ।
सरकारले औद्योगिक उत्पादन तथा वितरण खुला गरेको छ । मन्त्री खतिवडाले सुरक्षात्मक उपाय अपनाएर निर्माण उद्योगहरु पूर्णरुपमा सञ्चालन गर्न दिइने निर्णय भएको बताए ।
निर्माण सामग्री, कृषि तथा पशुपक्षीको ढुवानी पनि खुकुलो पारिएको छ । उद्योगबाट ‘लोड’ भएका सामान गन्तव्यस्थलसम्म लान दिइने भएको छ । बिमा, बैंकिङ, धितोपत्र बजार पनि एकतिहाइ कर्मचारीमार्फत् सञ्चालन गर्न सकिने व्यवस्था गरिएको पनि मन्त्री खतिवडाले जानकारी गराए ।
काठमाडौं छिर्ने गाडीका चालक र सहचालकको विवरण राखेर ढुवानी सहज गरिने भएको हो ।
राजमार्गका होटल तथा रेष्टुराँहरु पनि निश्चित मापदन्ड अपनाएर सीमितरुपमा खोल्न दिइने व्यवस्था गरिएको पनि मन्त्री खतिवडाले उल्लेख गरे ।
तर, राजमार्गका ती रेष्टुराँहरुबाट खानाको प्याकेटमात्र उपलब्ध गराउन सकिने भएको छ । यस्तै, राजमार्गमा सीमित मात्रामा गाडी वर्कसप पनि खोल्न दिइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
यसैगरी, सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।बैठकले २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णयसमेत गरेको छ
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


