कुमारी बैंकद्धारा पुतलीबजारलाई झण्डैं ६० हजारको खाद्यान्न सहयोग
भवानी अधिकारी/ स्याङ्जा
कोरोना भाइरस संक्रमणका कारण प्रभावित विपन्न परिवारलाई लक्षित गर्दै कुमारी बैंक स्याङजाले झण्डैं ६० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित बैंकको शाखा कार्यालयले लकडाउनका कारण काममा जान नसक्ने श्रमजीवी परिवारलाई बितरण गर्दे उदेश्यले पुतलीबजार नगरपालिकालाई सहयोग गरेको जनाएको छ ।

बैंकले ५ सय किलो चामल, एक सय किलो दाल, एक सय लिटर खाने तेल, एक सय किलो नून र एक सय वटा नुहाउने सावनगरी ५९ हजार रुपैंया बराबरको खाद्यान्न लगायतका सामाग्री सहित उपलब्ध गराएको जनाएको छ ।
बैंकका प्रमुख अमर श्रेष्ठले पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीलाई ती सामाग्री पुतलीबजार नगरपालिकाको कार्यालयमै पु¥याएर हस्तान्तरण गर्नुभएको हो । खाद्य सामाग्री ग्रहण गर्दे नगरप्रमुख क्षेत्रीले नगरपालिकालाई उपलब्ध सामाग्री लक्षित बर्गमा पुरयाईने बताउदै सहयोगी बैंकलाई धन्यवाद दिनुभएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


