कुमारी बैंकद्धारा पुतलीबजारलाई झण्डैं ६० हजारको खाद्यान्न सहयोग

kumari le sahayog

भवानी अधिकारी/ स्याङ्जा
कोरोना भाइरस संक्रमणका कारण प्रभावित विपन्न परिवारलाई लक्षित गर्दै कुमारी बैंक स्याङजाले झण्डैं ६० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित बैंकको शाखा कार्यालयले लकडाउनका कारण काममा जान नसक्ने श्रमजीवी परिवारलाई बितरण गर्दे उदेश्यले पुतलीबजार नगरपालिकालाई सहयोग गरेको जनाएको छ ।


बैंकले ५ सय किलो चामल, एक सय किलो दाल, एक सय लिटर खाने तेल, एक सय किलो नून र एक सय वटा नुहाउने सावनगरी ५९ हजार रुपैंया बराबरको खाद्यान्न लगायतका सामाग्री सहित उपलब्ध गराएको जनाएको छ ।
बैंकका प्रमुख अमर श्रेष्ठले पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीलाई ती सामाग्री पुतलीबजार नगरपालिकाको कार्यालयमै पु¥याएर हस्तान्तरण गर्नुभएको हो । खाद्य सामाग्री ग्रहण गर्दे नगरप्रमुख क्षेत्रीले नगरपालिकालाई उपलब्ध सामाग्री लक्षित बर्गमा पुरयाईने बताउदै सहयोगी बैंकलाई धन्यवाद दिनुभएको थियो ।

Facebook Comments Box
TOP