सांसद मल्लको प्रयाससँगै चापाकोटको सिञ्चाई आयोजना निमार्णले गति लियो ।

dozar kulo nirman

दिबस भण्डारी /चापाकोट :

स्याङ्जाको चापाकोट नगरपालिका वडा न.१० भुमरीघाट स्थित आँधिघाट किसान सिंचाइ परियोजनाको पक्की कुलो निर्माण कार्यले गति लिएको छ। करिब दुई महिना सम्म प्राबिधिक कमजोरीका कारण रोकिएको काम अहिले आएर संचालनमा आएको हो। तीन सय पचास रोपनी भन्दा अधिक समथर भु-भाग रहेको भुमरीघाटका किसान हिउदमा नै मकै छर्न नहरकुलोको पानी नआउदा समस्यामा परेका थिए। पहिले नहर पुल भत्काइ नयाँ निर्माण गर्दा करिब पन्ध्र रोपनी क्षेत्रफलको माटो एक मिटर कटान गर्नु पर्ने भएपछि नहर समितिले आनाकानी गर्दै उक्त कार्य स्थगित गरेको थियो।

आफ्नो जमिन बाँझो रहने खतरा भएपछी बिस घरधुरी कृषक चिन्तित बनेका थिए। उक्त समस्याको जानकार प्रदेश सभा साम्सद भागबत प्रकाश मल्लले सिंचाइ डिभिजन कार्यालय स्याङ्जामा समस्या समाधानको लागि पहल गरे सङ्गै अहिले माटो कटान गर्ने काम अगाडि बढेको स्थानीयको भनाइ रहेको छ।

Facebook Comments Box
TOP