सांसद मल्लको प्रयाससँगै चापाकोटको सिञ्चाई आयोजना निमार्णले गति लियो ।
दिबस भण्डारी /चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिका वडा न.१० भुमरीघाट स्थित आँधिघाट किसान सिंचाइ परियोजनाको पक्की कुलो निर्माण कार्यले गति लिएको छ। करिब दुई महिना सम्म प्राबिधिक कमजोरीका कारण रोकिएको काम अहिले आएर संचालनमा आएको हो। तीन सय पचास रोपनी भन्दा अधिक समथर भु-भाग रहेको भुमरीघाटका किसान हिउदमा नै मकै छर्न नहरकुलोको पानी नआउदा समस्यामा परेका थिए। पहिले नहर पुल भत्काइ नयाँ निर्माण गर्दा करिब पन्ध्र रोपनी क्षेत्रफलको माटो एक मिटर कटान गर्नु पर्ने भएपछि नहर समितिले आनाकानी गर्दै उक्त कार्य स्थगित गरेको थियो।
आफ्नो जमिन बाँझो रहने खतरा भएपछी बिस घरधुरी कृषक चिन्तित बनेका थिए। उक्त समस्याको जानकार प्रदेश सभा साम्सद भागबत प्रकाश मल्लले सिंचाइ डिभिजन कार्यालय स्याङ्जामा समस्या समाधानको लागि पहल गरे सङ्गै अहिले माटो कटान गर्ने काम अगाडि बढेको स्थानीयको भनाइ रहेको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


