खुमा फाउण्डेसनद्वारा स्वास्थ्य सामाग्री प्रदान, उद्योग बाणिज्य संघका अध्यक्षले गरे खाद्यान्न सहयोग


प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जामा स्थापित अत्याधुनिक खिलुङ् कालिका एग्रो फार्मले खुमा अर्याल फाउन्डेन मार्फत जिल्लालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फार्मले करिब ३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

फार्मले ७० थान पिपिई, १ सय थान के.एन. नाईन्टीफाईभ माक्स र २५ लिटर हाईपोकोरोराइड सोलुसन सहयोग स्वरुप फार्मका प्रबन्ध दिर्नेशक शोभाकान्त ढकालले प्रमुख जिल्ला अधिकार रामबहादुर कुरुम्बाङ्लाई हस्तान्तरण गरेका हुन् ।

विश्वभरि माहामारिका रुपमा फैलिएको नोबल कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण गर्नका स्वास्थ्य सामाग्रही गरेको गरेको फाउन्डेसनका सचिव ध्रुव शर्माले बताए । भाइरस न्यूनिकरणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षा निकायलाई लक्षित गरेर सामाग्री हस्तारणले गरेको शर्माले जानकारी दिए ।

फार्म र फाउन्डेसनले पहिलो चरणमा पोखरदेखि राम्दीसम्म कोरोना भाइरस बिरुद्ध सचेतना मुलक प्रचार सामाग्री वितरण दोस्रो चरणमा जिल्लाका स्थानीय तहलाई १४ टन राहत स्वरुप खाद्यसामाग्री तेस्रो चरणमा जिल्लामा क्रियाशिल संचारकर्मीलाई स्वास्थ्य सामाग्री र चौथो चरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थय सामाग्री हस्तान्तरण गरिएको ढकालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हस्तान्तरण गर्ने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्ले बताए । विपतका समयमा सहयोग गर्ने फार्म र फाउन्डेसन जस्तै अन्य निकायले पनि सहयोग गर्नेमा उनी विश्स्ति छन् ।

एग्रो फार्म र फाउन्डेसनले स्थापना कालदेखि नै जिल्लामा स्वास्थय, शिक्षा र रोजगारमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ । करिब ५ वर्ष अघिदेखि संचालनमा आएको फार्म र २ वर्षदेखि संचालनमा आएको फाउन्डेसनले सेवा गर्दै आएको छ ।

संघका अध्यक्षद्धारा खाद्यन्य सहयोग :

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले पुतलीबजार नगरपालिका वडा नं. ३ मा दैनिक ज्यालादारीमा काम गर्ने र विपन्न परिवारलाई खाद्यन्य सहयोग गरेका छन् ।

करिब २ लाख बराबर मुल्यको खाद्यन्य सहयोग गरेको श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार ६० घर परिवारलाई करिब १ महिना पुग्ने गरी खाद्यन्य सहयोग गरिएको छ । विपतका बेला मानविय सेवा नै धर्म भन्ने अभियान अन्र्तगत श्रेष्ठले खाद्यन्य सामाग्री विरतण गरेका हुन् ।

Facebook Comments Box
TOP