स्याङजाका क्रियाशिल पत्रकारहरुलाई खुमा अर्याल फाउण्डेशनद्धारा ज्याकेट र सेनीटाइजर प्रदान
भवानी अधिकारी/स्याङ्जा :
रास्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर बुधवार खुमा अर्याल फाउण्डेशनले स्याङजाका पत्रकारलाई ज्याकेट सहित ह्याण्ड सेनीटाइजर प्रदान गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका समयमा पनि आफुलाई निरन्तर क्रियाशिल रहीरहने स्याङ्जाका क्रियाशिल पत्रकारकालागि भन्दै २५ वटा ज्याकेट सहित ह्याण्ड सेनीटाइजर उपलब्ध गराएको हो ।
फाउण्डेशनका सदस्य एवं खिलुङकालिका एग्रो फार्मका निर्देशक शोभाकान्त ढकालले पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मालाई एकमुष्ट हस्तान्तरण गर्नुभएको हो ।
सामाग्री ग्रहण गर्दे अध्यक्ष शर्माले समाचार संकलनका क्रममा ज्याकेटले पत्रकारको परिचय खुलाउनुका साथै सेनीटाइजरले सुरक्षित बनाउने बताउदै फाउण्डेशनलाई धन्यवाद दिनुभयो ।
सामाजिकसेवामा क्रियाशिल फाउण्डेशनले लकडाउनका समयमा श्रमजीवी मजदूर बर्गलाई लक्षित गर्दे जिल्लाका बिभिन्न स्थानीयतहमागरी यसैसाता ७ लाख ५० हजारका खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


