स्याङजाका क्रियाशिल पत्रकारहरुलाई खुमा अर्याल फाउण्डेशनद्धारा ज्याकेट र सेनीटाइजर प्रदान

भवानी अधिकारी/स्याङ्जा :
रास्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर बुधवार खुमा अर्याल फाउण्डेशनले स्याङजाका पत्रकारलाई ज्याकेट सहित ह्याण्ड सेनीटाइजर प्रदान गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका समयमा पनि आफुलाई निरन्तर क्रियाशिल रहीरहने स्याङ्जाका क्रियाशिल पत्रकारकालागि भन्दै २५ वटा ज्याकेट सहित ह्याण्ड सेनीटाइजर उपलब्ध गराएको हो ।
फाउण्डेशनका सदस्य एवं खिलुङकालिका एग्रो फार्मका निर्देशक शोभाकान्त ढकालले पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मालाई एकमुष्ट हस्तान्तरण गर्नुभएको हो ।
सामाग्री ग्रहण गर्दे अध्यक्ष शर्माले समाचार संकलनका क्रममा ज्याकेटले पत्रकारको परिचय खुलाउनुका साथै सेनीटाइजरले सुरक्षित बनाउने बताउदै फाउण्डेशनलाई धन्यवाद दिनुभयो ।
सामाजिकसेवामा क्रियाशिल फाउण्डेशनले लकडाउनका समयमा श्रमजीवी मजदूर बर्गलाई लक्षित गर्दे जिल्लाका बिभिन्न स्थानीयतहमागरी यसैसाता ७ लाख ५० हजारका खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…