कालीगण्डकीमा दुई बालक बेपत्ता

पाल्पा : रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा आज दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाईँ रहेको वडाध्यक्ष लीलाबहादुर गाहाले जानकारी दिए ।
हुँगी प्रहरीचौकीबाट आएका प्रहरी र स्थानीय बासिन्दाले नदी आसपासका क्षेत्रमा खोजी जारी राखेको वडाध्यक्ष गाहाले बताए । कालीगण्डकीमा अहिले पानीको मात्रा बढेकाले खोजी गर्न समस्या रहेको बताइएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
३ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…