कालीगण्डकीमा दुई बालक बेपत्ता
पाल्पा : रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा आज दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाईँ रहेको वडाध्यक्ष लीलाबहादुर गाहाले जानकारी दिए ।
हुँगी प्रहरीचौकीबाट आएका प्रहरी र स्थानीय बासिन्दाले नदी आसपासका क्षेत्रमा खोजी जारी राखेको वडाध्यक्ष गाहाले बताए । कालीगण्डकीमा अहिले पानीको मात्रा बढेकाले खोजी गर्न समस्या रहेको बताइएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
५ दिन अगाडि
काठमाडौँ : नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले आगामी निर्वाचनका लागि…


