प्रदेश सिमानामा कार्यरत कर्मचारीहरुलाई नेता अर्यालको सहयोग
गण्डकी प्रदेशको मुख्य नाका गल्याङ नगरपालिकाकाे राम्दीमा रहेको हेल्थ डेक्सलाई नेकपा जिल्ला सदस्य जीवन अर्यालले १० सेट गम्बुट प्रदान गरेकी छन् ।
स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई गम्बुटको आवश्यकता देखेपछि अर्यालले बुवा ढाकाराम अर्यालको जन्मदिनको अवसर पारेर उक्त सहयोग गरेको जानकारी दिइन् । साबिक नेकपा एमाले लेखा आयोगका केन्द्रिय सदस्य रहेका ढाकाराम अर्यालको उपस्थितमा सहयोग हस्तान्तरण भएको थियो ।
गल्याङ उद्योग बाणिज्य संघका अध्यक्ष यज्ञ अर्यालको उपस्थितमा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्यकर्मीहरुले निकै आवश्यक सामग्री उपलब्ध गराइदिनु भएकोमा अर्याललाई धन्यवाद दिएका थिए । आवश्यक सामाग्री उपलब्ध गराइदिनु भयो अब सेनिटाइज गर्ने रड पनि उपलब्ध गराइदिनुभयो भने अझै सहज हुन्थ्यो । अहिले काम गरिरहे रड छोटो भएको हुँदा गाडीहरुमा सेनिटाइज गर्दा आफै माथि पर्ने हुँदा त्यो रड लामो भयो भने त्यसबाट पनि सुरक्षीत हुने उनीहरुको भनाइ थियो ।
कोरोना भाइरस ( कोभिड १९ ) कारण देश लकडाउन भएको अवस्थामा बिपन्न बर्गलाई सहयोग होस् भनेर नेकपा स्याङ्जा जिल्ला सदस्य अर्यालले विभिन्न ठाउँमा सहयोग गरेकी छन् । माणी नगरपालिका, कृतिपुर नगरपालिका, वालिङ् नगरपालिका र नेकपा जिल्ला कमिटी स्याङ्जालाई पाँच पाँच हजार सहयोग गरिसकेको र गल्याङ नगरपालिकालाई सहयोग गर्ने योजनामा रहेको अर्यालले बताइन् ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


