भीरकोटमा आईपिएम कृषक पाठशाला सम्पन्न ।

चुत्र महत/भीरकोट :
भीरकोट नगरपालिका वडा नम्वर ३ मासञ्चालित आईपिएम कृषक पाठशाला सम्पन्न भएको छ । भीरकोट नगरपालिका र कृषि ज्ञान केन्द्र स्याङ्जाको संयुक्त आयोजनामा आई.पि.एम.कृषक पाठशाला सञ्चालनमा ल्याईएको थियो । पाठशालाको समापन गर्दै नगरप्रमुख छायाराम खनालले माटो सुहाउँदो कृषि खेति गर्नुपर्ने भन्दै नगरपालिका एक घर एक करेसाबारीको अभियानमा लागिपरेको बताउनुभयो । प्रमुख खनालले भीरकोटमा कृषिजन्य उत्पादनहरु पालिकालाई पुगेर समेत बाहिर निर्यात गर्न तयार रहेको भन्दै लकडाउन खुल्नासाथ कृषिउपज निर्यातमा आतुर रहेको जानकारी दिनुभयो ।
.

उहाँले बित्तामा कोदो, एकहातमा धान, डोको छिर्ने मकै भन्ने भनाईलाई अनुशरण गर्नुपर्ने बताउनुभयो । कृषकका कृषिउपज बजारीकरणको जिम्मा नगरपालिकाको रहेको भन्दै विउविजन, औजार अनुदानमा वितरण गरिएको बताउनुभयो । कृषकलाई आधुनिक कृषि प्रणालीमा आर्कषित गरी नगरका विभिन्न स्थानमा संकलन केन्द्र समेत स्थापना गर्न नगरपालिका तयार रहेको समेत प्रमुख खनालले बताउनुभयो
स्थानीय तोरणबहादुर खत्री, यामबहादुर मल्ल र डम्मरबहादुर मल्लको ४ रोपनी क्षेत्रफलमा लगाईएको तरकारी अन्र्तगत अहिले काक्रा, घिरौँला, लौका उत्पादन भएका छन् । ५० जनाको सहभागिता रहेको पाठशाला समापनका अवसरमा जलदेवि, एकिकृत, सत्रुविज व्यवस्थापन आईपिएम कृषक पाठशालाको समेत स्थापना गरिएको छ ।
.

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेल, वडा अध्यक्ष बाबुराम श्रेष्ठ, कृषिप्रसार अधिकृत ईश्वरीप्रसाद अर्याल, प्रशिक्षक ढाँसीराम अर्याल, विष्णुप्रसाद काफ्ले, डम्मरबहादुर मल्ललगायतले बोल्नुभएको थियो । पाठशालाका अध्यक्ष लोकबहादुर खत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राधा केसी खड्का र स्वागत थमनबहादुर कार्कीले गर्नुभएको थियो । पाठशाला सञ्चालन अवधिभरको आय नगरपालिकाबाट १ लाख ५० हजार, तरकारी विक्रिबाट १९ हजार २ सय र व्याय ७२ हजार ७ सय ७७ रहेको छ ।
सहभागिहरुले कृषिको वास्तविकता बल्ल बुझेको, रोग किरा व्यवस्थापनको बारेमा जानकारी प्राप्त भएको , सत्रुजिव र मित्रुजिवको बारेमा जानकारी भएको, कृषिउपजको नगरपालिकाले बजारीकरण गरिदिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…