यी ५ खानेकुराले ‘इम्युनिटी पावर’ बढाउछ
स्याङ्जा। रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ, र हामीलाई छिटै रोगले आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता (इम्युनिटी पावर) बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त राख्नुपर्छ। यी खानेकुराको नियमित सेवनले शरीरमा डब्लुबिसीको कमी हुन पाउँदैन :
बेसार
तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । बेसारले हामीलाई ओस्टियोपोरोसिस (हड्डीको कमजोरी), ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ । बेसारमा हुने कर्क्युमिन तत्व एक राम्रो एन्टिअक्सिडेन्ट हो । यसले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ ।
बदाम
बदाम प्रोटिन र मिनरल्सको राम्रो स्रोत हो । दैनिक ८–१० दाना बदाम खानाले प्रतिरक्षा प्रणाली बजबुत राख्न मद्दत पुग्छ ।
लसुन, अदुवा
खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शरीरको रोग–प्रतिरोधक क्षमता बढाउने तत्व हुन्छ । अदुवाले शरीरमा इन्फ्लेमेसन घटाउन पनि सघाउँछ ।
अमिला फल
सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबिसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


