गुल्मी ५ दिनका लागि ‘सिल’
कोभिड–१९ को संक्रमण जोखिम बढेपछि प्रदेश ५ को पहाडी जिल्ला गुल्मी पनि जेठ ५ गतेसम्मका लागि ‘सिल’ गरिएको छ । बुधबार तम्घासमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समिति बैठकले बिहीबार बिहान ६ बजेदेखि ५ गते मध्यरातसम्म सवारी साधन आवतजावतदेखि सर्वसाधरणलाई घरबाहिर निस्कन रोक लगाएको हो ।
जिल्लामा अहिलेसम्म त्यस्तो कुनै जोखिम नभए पनि तराईका जिल्लामा संक्रमित बढ्दै गएको र ती जिल्लामा गुल्मीको धेरै निकटको सम्पर्क रहेकाले थप सतर्कताका लागि आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
तोकिएको समयमा गुल्मीमा सवारी आवतजावत पूर्ण बन्द रहनेछ । त्यस्तै बैंक, वित्तीय संस्था पनि बन्द हुनेछन् । तरकारी, दूध र इन्धनका पसल बिहान ११ देखि ५ बजेसम्म मात्र खुल्नेछन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले काजकिरिया, सुत्केरी, बिरामीबाहकेका अन्य सबै गाडी सञ्चालनमा रोक लगाइएको बताए । ‘अबको ५ दिन अतिआवश्यक गाडीबाहेक अन्य चलाए कारबाही हुन्छ,’ उनले भने, ‘५ दिनका लागि पुग्ने खाद्यान्न रहेकाले ढुवानी पनि बन्द गरिएको छ ।’
तराईका जिल्लाबाट रातिको समयमा लुकिछिपी र खाद्यान्न ढुवानीका गाडीमा समेत मानिस आवतजावत गरेको सूचना आएपछि जिल्ला सिल नै गर्नु परेको उनले बताए । जिल्ला प्रशासनले पहिलो लकडाउनकै समयमा पनि निषेधाज्ञा जारी गरेको थियो ।
दोस्रो लकडाउन थप गर्दा पनि निषेधाज्ञा जारी भए पनि पछिल्लो एकसाता जिल्लाका विभिन्न बजारमा सर्वसाधरणको भीड र सडकमा सवारीको चाप बढेपछि प्रशासनको बुधबारको बैठकले सिल गर्ने निर्णय लिएको प्रजिअ शर्माले बताए । पत्रपत्रिकाबाट
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


