आइसीयुमा उपचाररत गुल्मीका पहिलो संक्रमित विद्यालयका शिक्षक
काठमाडौं : सोमवार गुल्मीको मदाने गाउँपालिकाका एक पुरुषमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यवस्था ठीक नभएपछि उपचारका लागि यही जेठ १ गते रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएका मदाने– २ का ४१ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
उनको अवस्था थप जटिल बन्दै गएपछि त्यही अस्पतालको आइसियुमा उपचाररत रहेका थिए ।
स्रोतका अनुसार उनी पछिल्लो समय कतै पनि गएका थिएनन् । अस्पतालमा उपचारका क्रममा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिए पछि स्वाब संकलन गरि परीक्षण गरिएको थियो । उनी शिक्षण पेशासँग आवद्ध रहेका थिए र उनले पढाउने विद्यायलमा नै क्वारेन्टाइन निर्माण गरिएको थियो । कहि कतै नगए पनि कोरोना संक्रमण देखिएकाले त्यही क्वारेन्टाइनबाट कोरोना सरेको आशंका गरिएको छ । लोकपथ डटकमबाट
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


