लकडाउनमा कलाकारको पिडा :इज्जत बेचेर राहत लिन जाने कि? रसाएका आखाहरु पुछेर बस्ने ।
लोकदोहोरी गाएक तथा सर्जक घनश्याम रिजाल नेपाली लोक संगीतमा परिचित नाम हाे। राष्ट्रिय लोक दोहोरि प्रतिष्ठानका निवर्तमान कार्यसमिति सदस्य तथा स्याङ्जा स्रष्टा सदनका महासचिब रहेका उहाँले समसायिक विषयमा सामाजिक संजालमा विभिन्न स्टाटस लेख्ने गर्नुहुन्छ। समग्र कलाकारका तर्फबाट एक कलाकारले लकडाउनको समयमा भोग्नुपरेको पिडा लाइ लेख्नु भएकाे छ ….
बिस्व अहिले कोरोना भाइरसको आतङ्क ले त्रसित र ग्रसित छ, त्यसले हाम्रो नेपाल पनि अछुतो रहन सकेको छैन, सबै जना त्रसित नहुनुहोला तर सचेत रहनुहोला, यो बिसमपरिस्थिति र महामारि संग लड्ने शत्ति सबैलाइ प्राप्त होस यहि कामना भगवान पसुपति नाथ संग गर्दछु, ।
अब प्रसंग बदलौ, सधै भाबनाका कुराले र आदर्शले मात्र जिन्दगि चल्दैन, मानौ कुनै क्षेत्र चल्दैन, आज मलाइ आफै रहेको क्षेत्र नेपालि लोक गीत संगीतको केहि कुरा गर्न मन लाग्यो यो मेरो नितान्त निजि बिचार हो तपाइलाइ मेरो कुरा मन पर्नै पर्छ भन्ने पनि छैन, आफ्नो प्रतिकृया राख्न सक्नुहुनेछ,
नेपालि गीतसंगीतको सुरुवाति दिनदेखि संघर्ष गरेर यो क्षेत्रलाइ स्थापित गर्नुहुने सबै अग्रज कलाकार हरु प्रति मेरो सम्मान, समकालिन साथिहरुलाइ आत्मियता सहितको सम्मान र अनुज कलाकार हरुलाइ स्नेहि माया, म सस्था मा हुदा या नहुदा मेरो सस्था प्रतिको सम्मान सधै छ। पछिल्लो समयमा नेपालि कला क्षेत्रमा प्रबेश गर्ने कलाकार को मानौ एक किसिमको बाढि नै आयो, यो कला क्षेत्रको लागि खुशि कै कुरा थियो, दोहोरि साझहरु कलाकार उत्पादन गर्ने कारखाना जस्तै थिए र हजारौ कलाकार हरु दोहोरि मै निर्भर थिए सामान्य गुजरा चलेकै थियो तर यो क्षेत्रले यति धेरै कलाकारहरु थाम्न सक्दैन कि भन्ने एक किसिमको डर मेरो मनमा थियो र मैले हिजको दिनमा सस्थामा हुदा नि भन्ने गरेको थिए र आज पनि भनिरहेको छु, कलाकारिता आफ्नो ठाउमा छ, भोलि यो क्षेत्र केहि भै हाल्यो भने? ? ?
दोहोरि साझहरु बन्द भै हाल्यो भने पनि कलाकार हरु एक आत्मनिर्भर हुनु पर्छ, परिपुरक केहि न केहि गरौ भनेर साथिभाइको बसाइमा धेरै पटक छलफल भयो, त्यो कुरा राजन कार्कि लगायत का साथिहरुलाइ थाहा छ, हाम्रा कलाकार साथिहरुको बानि भनौ या उदाहरण को लागि म आफैलाइ मानौ बेलुका ७ बजे दोहोरि साझ छिरेर ११ बजे सम्मको दोहोरिको ड्युटि समय सधै रमाइलै बिथ्यो, चिनेका केहि आदरणीय ब्यक्तित्वहरु भनौ वा दोहोरि पारखि भनौ वा कोइ कलाकार को भाषामा मेरा फ्यानहरु दोहोरि आएर केहि नखुवाइ हामि नि खान्न्नौ भन्नेहरुले मलाइ पनि बिभिन्न बान्डका हुस्स्कि ब्रान्डि र बियरहरु खाने बानि नै बसाइसके, घर आउने बेला दोहोरिमा पर्ने ५००/१००० टिप्स गोजिमा राखेर आउदा भोलिको दिन गजब्बैले जान्थ्यो, तेइ ५००/१००० केहि मोबाइला रिचार्ज गर्यो, केहि खाजा खायो, उस्तै परे १/२ गिलाश दिन मै पनि हानियो, बेलुका ७ बज्यो फेरि तेइ दैनिकि दोहोरियो, केहि दोहोरिमा आउनेहरुको सहयोगमा केहि आफुसंग बचेको २/४ हजारले एउटा दुइटा एल्बम पनि गरियो, एका दुइ मेला महोत्सवहरु पनि कसैलाइ भन्न लगाएर गैयो, आफ्नो ठाउ मा बोलाएर गैयो केहि ठाउ मन पराएर बोलाएर गैयो अन्य केहि गरौ भन्ने कुरा छलफलमा नै सिमित भयो, अन्य केहि काम गर्ने मन पनि भएन र जागर पनि! ! ! जिन्दागि यसरि नै चल्छ, चल्ला भन्ने सोचियो। केहि अन्य पेशालाइ नि अगाल्दै कलाकारिता गरेकालाइ कलाकार नै भनिएन, त त फलानो ठाउमा नि काम गर्छ्स हामि त नितान्त कलाकारिता मा यति गरिएको छ भनेर केहि बैकल्पिक पेशा गर्नेलाइ होच्याउन पनि पछि परिएन,
अफसोच,
हेर दिन सधै एकनाश हुदैन भन्ने गीत अहिले साह्रै याद आउछ, अहिले कोरोनाको महामारिले बिस्व ग्रसित छ, त्रसित छ त्यसमा हामि कलाकार हरु चोखो रहने कुरै रहेन, फाल्गुन २९/३० गते देखि नेपालभरिका दोहोरि साझ र डिस्कोहरु बन्द गर्ने निर्णय सरकारले गर्यो, एकैपटक १००० औ कलाकारहरु बेरोजगार बन्न पुगे, देश तथा बिदेशमा आयोजना हुने मेला महोत्सब र स्टेजकार्यक्रमहरु पनि चलिरहेकै अबस्थामा बन्द भए अरु थप आयोजना हुने त कुरै भएन, चैत महिना अब देशमा लक डाउन हुदै छ भन्ने चर्चा संगै धेरै कलाकार हरु जन्मघर तर्फको यात्रा तय गरे, केहि शहरकै डेरामा धेरै समय नहोला केहि दिनको लागि आवतजावत किन गर्ने गर्ने भनेर गएनन वा घर गएर काम गर्न पर्छ किन जाने भनेर गएनन कि भगवान जानुन कि तिनै नजानेले जानुन? ? ?
नेपालमा लक डाउन भएको नि ४५ दिन पुगिसकेको छ, लकडाउन खुलेपनि हाम्रा दोहोरि सांझहरु खुल्ने संकेत छैन, कदमकदाचित दोहोरि सांझहरु खुलिहाले भनेपनि ग्राहकहरुले सामाजिक दुरि कायम गर्ने दिन सम्म चल्ने अबस्था छैन, मलाइ त लाग्छ अब यो बर्ष न कुनै दोहोरि साझ खुल्छ न त कुनै मेलामहोत्सब नै हुन्छ, अब नब प्रतिभावान् प्रतिभाशाली कलाहरुको के हुन्छ, अब कलाकार लाइ गाह्रो हुनि भो बहस एकातिर छ, तिनिहरुलाइ निरुत्साहित नपारम भन्ने केहि कुरा सुनिन्छ तर नबप्रतिभालाइ मात्रै होइन यो लकडाउनले त स्थापित कलाकार लाइ झन गार्हो बनाएको छ जस्तो लाग्छ मलाइ त, किन कि नयां कलाकार सघर्ष गर्दै छ्न तेति धेरै खर्च गर्नि बानि बसिसकेको नहुन सक्छ, कति पढ्दै छ्न कति पढाइ संगै केहि काम पनि गरेका छ्न तर स्थापित कलाकारहरु मै हुम भन्ने कलाकारहरु, केहि कमाएर खर्च गर्ने बानि बसिसकेका कलाकारहरु, आज नेपालगन्ज भोलि सुर्खेत, पर्सि रोल्पा, भन्दै आज २५ दिनमा काठमाडौं आइपुगे भन्ने कलाकारहरु, कमाइ राम्रै भएर बैकको किस्तामा गाडि चडेका, घर घडेरि जोडेका कलाकारहरु, अबको दिन कस्तो हुन्छ झन सोचनिय छ्। यदि साच्चिकै सबै दोहोरि साझहरु सबै मेला महोत्सबहरु बन्द हुने हो भने कलाकारहरुको अबको दिन भगवान भरोशा नहोला त ? ? ?
फेरि हाम्रो क्षेत्र बोलेर बोलिसाध्य, सुनेर सुनिसाध्य र भनेर भनिसाध्य छैन! ! ! अग्रजले गल्ति गरेर केहि भनियो भने अग्रजलाइ सम्मान गर्न जान्दैनस भन्छ्न, अग्रज सुधिन पर्यो भन्दैनन, समकालिन साथिहरुको आफ्नै प्रतिस्पर्धा होला, अनुज कलाकार हरुले यसो गर्दा राम्रो हुन्छ भनेर केहि बोलियो लेखियो भने अनुज कलाकारलाइ हेप्यो, फुल खेल्न नपाउदै निमोठ्न खोज्यो भन्दै पाखुरा तेर्साउदै आउने जामातको पनि कमि छैन, तर यो महामारिले न त अग्रज भन्छ न त समकालीन, न अनुज सबैलाइ एउटा समस्याको घेरामा तेर्साएको छ, अब कसरि चल्ने भन्ने बाटो सबै मिलेर खन्नु पर्ने देखिएको छ, हिजको दिनमा केहि आम्दानिको बाटो हुदा त केहि नभएका हामि अब बाटै बन्द भएसि के हुन्छ? ? ? आफ्नै पौरख र हातले चल्ने कि राहातले चल्ने ? ? ? जिन्दगि चल्न त जसरि पनि चल्छ तर आजको स्तर कायम गर्न सकिन्छ कि नाइ सबै कलाकारलाइ चिन्ताको बिषय बनेको छ,
माथि भनिएका लेखिएका कुराहरु मैले कसैलाइ भनिरहेको छैन, एउटा कलाकार को चिन्तित मनले एउटा कलाकार म आफैलाइ प्रश्न सोधिरहेको छ, भनिरहेको छ, अब के गर्छस ? ? ? के गरेर खान्छस? ? ? घरमा भएको अन्न त सकियो? ? ? राहत लिन जान्छस? ? ? कि १० केजी चामलको लागि रमिते हुन जान्छस? ? ? इज्जत बेचेर चामल लिन्छस? ? ? जानेको तेति हो त्यहि सकियो अब के गर्छस? ? ? तेरो हैसियत यति हो बल्ल हैसियतमा आइस? ? ? ?
यि याबत प्रश्नहरु को जवाफ म संग छैन मात्र पिल पिल गर्दै रसाएका आखाहरु पुछ्नुको बिकल्प पनि त छैन,
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …