गणतन्त्र तेह्रौँ वर्षमा
काठमाडौँ : नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भएको छ । गणतन्त्र १३ वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार १३ औँ गणतन्त्र दिवस मनाईँदै छ ।
पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य गरी नेपालमा गणतन्त्र घोषणा गरेको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण दिवसको अवसरमा औपचारिक कार्यक्रम हुने छैनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नु भएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …