गल्याङको क्वारेन्टाइनमा बसेका ८१ जनालाई घर पठाईयो, किटको अभावमा परिवार हेरेर परिक्षण ।

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८१ जनाको शुक्रबार विदाई गरिएको छ । गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ बहुमुखी क्याम्पसमा बसेका ७९ जना र करादीमा रहेका दुई जनालाई १४ दिन क्वारेन्टाइनको समय पुरा भएपछि विदाई गरिएको हो ।
विदाई भएकाहरुमा ७९ जना बारा जिल्लाको डाबर नेपाल कम्पनीमा कार्यरत रहेका छन् भने अरु दुई जना बुटवलबाट आएका छन् ।
विदाई भएकाहरुले आफुहरुलाई नगरपालिकाले खाने बस्ने कुरामा कुनै कमी नगरेको प्रतिक्रिया दिएका छन् ।
उनीहरुले प्रभावित क्षेत्रमा बस्न त्रास रहेको अवस्थामा नगरपालिकाले उद्दार गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।
विदाई गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आगामी दिनमा सतर्कताका साथ घरमा नै बस्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो –‘स्वास्थ्य वा अरु जुनसुकै समस्या भएपनि नगरपालिका तपाईको साथमा छ, कुनै समस्या परे खबर गर्नुहोला ।’
नगरप्रमुख अधिकारीले पुष्प गुच्छाले उनीहरुलाई विदाई गर्नुभएको थियो ।
क्वारेन्टाइनमा बसेकाहरुमा कसैमा पनि कुनै स्वास्थ्यको समस्या नदेखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।
यसैवीच, विदाई गर्ने क्रममा ¥यापिड डाइनोस्टीक किटको अभाव भएको छ । स्वास्थ्य कार्यालय स्याङ्जामा नै किटको अभाव भएपछि परिवारको एक जना तथा अवस्था हेरेर स्वास्थ्य कार्यालय स्याङ्जाबाट नै आरडिटि गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो –‘किटको समस्या भएकाले ४६ जनाको मात्रै ¥यान्डम्ली टेस्ट गरिएको छ ।’ टेस्ट गरिएका सबैमा रिपोर्ट नेगेटिभ आएको पनि भण्डारीले जानकारी दिनुभयो ।
८१ जना बाहिरिएसँगै अब गल्याङ बहुमुखी क्याम्पसमा १४ जना मात्रै क्वारेन्टाइनमा बाँकी रहेका छन् ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…